काठमाडौं । नेप्सेमा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भइरहेको छ ।
आज पुनर्बीमा कम्पनीले साधारणसभा बोलाएको छ । उक्त सभाले केहि महत्वपुर्ण लिन सक्ने भन्दै कम्पनीको शेयर खरिद गर्ने बढेको बुझिएको छ ।
अहिले सम्ममा कम्पनीको १७ करोड बराबरको कारोबार भएको छ । त्यस्तै, कम्पनीको शेयर मूल्य १.१७ प्रतिशतले उकालो लागेर १५५२ रुपैयाँमा कारोबार भइ रहेको छ ।
अहिले नेप्सेको मार्केट डेप्थमा २० लगानीकर्ताहरुले कम्पनीको ८७ हजार ६६४ कित्ता शेयरको माग राखेको देखिएको छ ।
वि.सं.२०७७ पुस २९ बुधवार १४:३५ मा प्रकाशित