माघ ६ गतेसम्मका लागि बन्द !

खोटाङ । चिसोले विद्यार्थी बिरामी पर्न थालेपछि जन्तेढुङ्गा गाउँपालिकामा एक साताका पढाइ बन्द गरिएको छ ।

 

विद्यार्थीमा निमोनिया, रुघाखोकी र ज्वरोको समस्या देखिन थालेपछि बुधबारदेखि माघ ६ गतेसम्मका लागि कक्षा बन्द गरिएको हो ।

गाउँपालिका अध्यक्ष शंकरबहादुर राईका अनुसार विद्यार्थीको स्वास्थलाई मध्यनजर गर्दै पुस २८ गते बसेको शिक्षा समितिको बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

 

पालिकामा ६ वटा माध्यमिक, तीनवटा आधारभूत र २७ प्राथमिक गरी ३६ वटा विद्यालय छन् । यो अवधिमा आन्तरिक लेखा परीक्षण, अन्तिम लेखा परीक्षण, भौतिक निर्माण र कार्यतालिका निर्माणलगायतका प्रशासनिक काम गर्न गाउँपालिकाले सबै विद्यालयलाई पत्रचार गरेको अध्यक्ष राईले सुनाए ।

२०७७ पौष २९ गते १९:०४ मा प्रकाशित

You can share this post!

पाँच महिनामा भित्रियो ४ खर्ब १६ अर्ब रेमिट्यान्स, श्रम स्वीकृति लिने ७८ प्रतिशतले घटे

पाँच महिनामा भित्रियो ४ खर्ब १६ अर्ब रेमिट्यान्स, श्रम स्वीकृति लिने ७८ प्रतिशतले घटे

Related posts