काठमाडौं । आज (माघ १ गते) देखि एक बैंकको एटिएम कार्ड अर्को बैंकको एटिएम मेसिनमा प्रयोग गर्दा सेवा शुल्क लाग्ने भएको छ ।
राष्ट्र बैंकले पुष २३ गते भुक्तानी सम्बन्धी निर्देशन जारी गर्दै अन्तर बैंक एटिएम कारोबारमा शुल्क लिन पाउने व्यवस्था गरेको थियो ।
यद्यपी, महिनामा दुई पटक मात्रै एटिएम प्रयोग गर्दा भने शुल्क लाग्ने छैन । तर, महिनामा दुई पटकभन्दा धेरै कारोबार गर्दा प्रति कारोबार २० रुपैयाँ भन्दा बढी शुल्क लिन नपाइने राष्ट्र बैंकले जनाएको छ ।
वि.सं.२०७७ माघ १ बिहीवार १२:४८ मा प्रकाशित