वोमी लघुवित्तले ३० प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाले नवौं वार्षिक साधारण सभा बुधवार सम्पन्न गरेको छ । कम्पनीको सभा काभ्रेपलाञ्चोक स्थित लहरी खर्क पार्टी प्यालेसमा सम्पन्न भएको हो ।

सभाले ३० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै सभाले ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्थालाई १ः१ अनुपातमा स्वाप रेशियोमा गाभ्ने प्रस्तावलाई पनि पारित गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी रू. २७ करोड ७८ लाख ४८ हजार रहेको छ । ३० प्रतिशत बोनस शेयर वितरण पछि उक्त पूँजी रू. ३६ करोड १२ लाख पुगेको छ । हालसम्ममा कम्पनीले ३८ जिल्लामा ६१ ओटा शाखा कार्यालयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

२०७७ माघ १ गते १३:२८ मा प्रकाशित

You can share this post!

सकियो प्राइम कमर्सियल बैंकको साधारण सभा, शेयरधनीलाई १५% बोनस शेयर दिने

सकियो प्राइम कमर्सियल बैंकको साधारण सभा, शेयरधनीलाई १५% बोनस शेयर दिने

Related posts