back
NMB ad

इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बिक्रीका लागि खुला, सबै आवेदकले शेयर पाउने

Kumari bank ad

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ आजदेखि बिक्रीका लागि खुला हुँदैछ । अहिलेसम्मकै सर्वाधिक कित्ता रहेको आईपीओ बिक्री खुला गरिएको हो ।

कम्पनीले प्राथमिक बजारको अहिलेसम्मकै धेरै ८ अर्ब बराबरको ८ करोड आईपीओ बिक्री गर्ने जनाएको छ । जम्मा कित्तामध्ये बैंकले नागरिकका लागि ७ करोड ५८ लाख ४० हजार कित्ता सार्वजनिक निष्कासन गर्ने भएको छ ।

बाँकी ५ प्रतिशत दरले ४० लाख कित्ता सामूहिक लगानी कोषका लागि र शूल्क दशमलव २ प्रतिशतका दरले १ लाख ६० हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ ।

आईपीओ बिक्री गर्न धितोपत्र बोर्डले पुष १० गते कम्पनीलाई अनुमति दिएको थियो । सबै आवेदकले निश्चित आईपीओ पाउनेछन् भने छिटोमा माघ ६ देखि ढिलोमा १६ गतेसम्म बिक्रीमा रहनेछ । मागअनुसार आवेदन परेमा छिटो अवधिमै बिक्री बन्द हुने कम्पनीले जनाएको छ ।

इन्फ्रास्ट्रक्चर बैंकले सबै आवेदकलाई शेयर दिने भएकाले बैंकको शेयर भर्नाकै लागि डिम्याट खाता खोल्नेको संख्या बढ्दै गएको छ ।

वि.सं.२०७७ माघ २ शुक्रवार ११:४२ मा प्रकाशित

You can share this post!

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...