back
NMB ad

बागलुङका पाँच विद्यालयमा नर्सिङ सेवा शुरु

Kumari bank ad

बागलुङ । बागलुङ नगरपालिकाका पाँच विद्यालयमा नर्सिङ सेवा शुरु गरिएको छ । विद्यालयमा स्वास्थ्य परीक्षण र सचेतना प्रदान गर्ने उद्देश्यले बागलुङ नगरपालिकाका पाँच विद्यालयमा नमूना परीक्षणका लागि नर्सिङ कार्यक्रम शुरु गरिएको हो ।

स्वास्थ्य मन्त्रालयको नर्सिङ महाशाखासँगको समन्वयमा बागलुङ नगरपालिकाले पाँच विद्यालयमा एक महिनादेखि नर्सिङ सेवा प्रदान गर्न थालेको छ ।

विद्यालयमा आउने स्वास्थ्य समस्या, सचेतना, स्वास्थ्य शिक्षा र वातवरणीय शिक्षाका लागि विद्यालयमा नर्सिङ कार्यक्रम शुरु भएर सेवा प्रदान गर्न थालएको हो ।

विद्यालयमा अध्ययनरत किशोरीका लागि सेनेटरी प्याडको प्रयोगलगायत विषयमासमेत शिक्षा प्रदान गरिनेछ । पाँचवटै विद्यालयमा एक/एक जना स्टाफ नर्स नियुक्ति भएर विद्यालयमा हाजिर भइसकेको नगर स्वास्थ्य शाखा संयोजक जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले जानकारी दिए ।

उनले विद्यालयस्तरबाटै स्वास्थ्य सचेतता प्रदान गर्दा विद्यार्थीको परिवार, विद्यालय र समाजमा स्वास्थ्य सचेतना पु¥याउन सकारात्मक प्रभाव पार्ने बताए ।

गण्डकी प्रदेशमा नै नमूनाका रुपमा बागलुङ नगरपालिकाका पाँच विद्यालयमा नर्सिङ कार्यक्रम शुरु भएको बागलुङ नगरपालिकाका प्रमुख जनकारज पौडेलले जानकारी दिए ।

“विद्यालयमा नर्सले स्वास्थ्य शिक्षा र प्राथमिक उपचार गर्नेछन्” उनले भने, “विद्यार्थीलाई स्वास्थ्यप्रति जागरुकता, वातावरण तथा सरसफाइ र सामान्य उपचारको व्यवस्था गर्दा निकै सहज हुन थालेको छ ।” बागलुङ नगरपालिकाभित्रका विद्यामन्दिर, रुद्रेपिपल, गणेश, बौडेचौर र तितौरे माध्यामिक विद्यालयमा नर्सिङ तथा स्वास्थ्यसेवा कार्यक्रम शुरु भएको छ ।

नर्ससहित विद्यालयमा आवश्यक औषधि र सामान्य उपकरणको व्यवस्थासमेत गरिएको छ । उनीहरुले सरसफाइ, प्राथमिक उपचार, कान, आँखा परीक्षण, कुपोषण भए÷नभएको जानकारी दिने र जनचेतना फैलाउनेछन् ।

विद्यालयको भौगोलिक अवस्था, विद्यार्थीको सङ्ख्या अधिक तथा स्वास्थ्य सेवा टाढा रहेको जस्ता सूचकका आधारमा पहिलो चरणमा पाँच विद्यालय छनोट गरिएको महाशाखाको अस्पताल नर्सिङ शाखाले जनाएको छ ।

शाखाका अनुसार छात्राको महिनावारी हुँदाको अवस्थामा गरिने स्वास्थ्य हेरचाहदेखि आकस्मिक दुर्घटनामा प्राथमिक उपचारसम्मको व्यवस्था नर्सले गर्नेछन् ।

स्टाफ नर्सले विद्यार्थीको तौल तथा उचाइका आधारमा वृद्धि र विकास भए÷नभएको जानकारी अभिभावकलाई दिने र त्यस सम्बन्धी आवश्यक सल्लाह र सुझावसहित जानकारी दिनेछन् ।

नेपालमा भर्खरै मात्र विद्यालयस्तरबाटै स्वास्थ्य सचेतना तथा सामान्य औषधि उपचारका लागि शुरु भएको नर्सिङ स्वास्थ्यसेवा प्रदेश नम्बर १, २ र ३ ले केही स्थानीय तहका विद्यालयमा नमूनाका रुपमा लागू गरिसकेका छन् ।

स्वास्थ्य मन्त्रालयले गण्डकी प्रदेशको बागलुङ नगरपालिकामा उक्त कार्यक्रम शुरु गरिएका हो । नर्सिङ स्वास्थ्य सेवाले स्वास्थ्य सेवाको पहुँचवाट टाढा रहेका विद्यार्थी लाभान्वित हुने अपेक्षा गरिएको छ । उक्त कार्यक्रममार्फत स्वस्थ रहनका लागि आवश्यक खानपान, ब्यायाम, औषधि उपचारसेवालगायत विषयमा जानकारी गराइने छ ।

वि.सं.२०७७ माघ २ शुक्रवार १३:४४ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...