back
NMB ad

कालीगण्डकी प्रसारण करिडोरको खुर्कोट–दाना खण्डको अन्तिम परीक्षण हुँदै

Kumari bank ad

पर्वत । राष्ट्रिय गौरवको कालीगण्डकी प्रसारण लाइन करिडोर आयोजनाअन्तर्गत २२० केभी क्षमताको पर्वतको खुर्कोटदेखि म्याग्दीको दानासम्मको सबस्टेशनको निर्माण सम्पन्न भएको छ ।

सबस्टेशनअन्तर्गतको लाइन निर्माणको सबै काम सम्पन्न भएपछि परीक्षण गरी जोड्ने तयारी शुरु भएको हो । पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटदेखि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को दानासम्मको खण्डमा निर्माणको काम सकिएपछि अहिले पुनःपरीक्षणको काम थालिएको आयोजना प्रमुख चन्दनकुमार घोसले जानकारी दिए ।

यसअघि दाना सबस्टेशन र खुर्कोट सबस्टेशनमा पहिलो चरणको परीक्षण सफलतापूर्वक सम्पन्न भएपछि पुनः दोस्रो अर्थात् अन्तिम चरणको परीक्षण भइरहेको कालीगण्डकी प्रसारण करिडोर आयोजना प्रमुख घोसले बताए ।

अहिले पर्वतको तल्लो मोदी १३२ केभी प्रसारण लाइनमा प्राविधिक जाँचलगायतका काम भइरहेको आयोजनाका सहायक निर्देशक महादेव भट्टराईले जानकारी दिए ।

तल्लो मोदी आसपासका क्षेत्रको अनुगमन तथा बाटोमा पर्ने रुख काट्ने तथा अन्य काम पनि भइरहेको उनको भनाइ छ । दाना–खुर्कोट खण्डमा निर्माणका सबै कामलाई अन्तिम चरणमा पु¥याइएको आयोजनाका सहायक निर्देशक भट्टराईले बताए ।

उनका अनुसार खुर्कोटभन्दा अगाडि बुटवलसम्मको खण्डमा पनि आयोजना निर्माणका काम तीव्र गतिमा अगाडि बढिरहेको छ । दानादेखि खुर्कोटसम्म यसअघि नै प्रसारण लाइन निर्माणका लागि आवश्यक टावर निर्माण तथा तार तान्नेलगायत सबै काम सकिएको थियो ।

दाना र खुर्कोटमा दुई सबस्टेशन तथा त्यसबीचमा ११० टावर निर्माण गरी ३९ दशमलव छ किलोमिटर लामो तार टाँगिएको छ । एशियाली विकास बैंकको तीन अर्ब ऋण सहयोग तथा नेपाल सरकारको झण्डै ८० करोडको लागतमा खुर्कोट–दाना खण्डमा प्रसारण लाइनको काम गरिएको आयोजनाका सहायक निर्देशक भट्टराईको भनाइ छ ।

कालीगण्डकी प्रसारण करिडोर आयोजना निर्माणका लागि जेभी अफ टाटा प्रोजेक्ट एण्ड चिन्ट इलेक्ट्रिक कम्पनीले निर्माणको जिम्मा पाएको हो । आर्थिक वर्ष २०७१/७२ मा निर्माण सम्झौता भई आव २०७५र७६ मा निर्माण सम्पन्न गरिसक्नु पर्ने सम्झौता भए पनि आयोजना सम्पन्न गर्न ढिलाइ भएको थियो ।

निर्माणका क्रममा विभिन्न ठाउँमा बाढीपहिरो, टावर ठड्याउने तथा तार तान्ने ठाउँमा स्थानीयको अवरोध, मुआब्जा वितरणमा समस्या र पछिल्लो समय विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसले गएको चैत ११ गतेदेखि गरिएको बन्दाबन्दीले तोकिएको समयमै आयोजना सम्पन्न हुन ढिलाइ भएको हो ।

अब छिटै आयोजनामार्फत बिजुली राष्ट्रिय प्रसारण लाइनमा जडान गरिने तयारी शुरु भएको छ । अहिले विभिन्न जलविद्युत् आयोजनाको विद्युत् गृहबाट उत्पादित विद्युत्लाई दाना सबस्टेशनमा पठाएर जडान गर्ने कामलाई अगाडि बढाइएको छ । सो लाइनमा साविक धौलागिरिका सबै जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् जडान गरिने भएको छ ।

वि.सं.२०७७ माघ २ शुक्रवार १४:३१ मा प्रकाशित

You can share this post!

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८० चैत ६ मंगलवार १७:०३

काठमडौं । सानिमा बैंकले सानिमा प्लाटिनम पेरोल बचत खाता अन्तर्गत...

सरकारको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प सार्वजनिक   

सरकारको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प सार्वजनिक   

वि.सं.२०८० चैत ६ मंगलवार १६:५७

काठमाडौँ, ६ चैतः सत्तारूढ गठबन्धनको न्यूनतम नीतिगत र साझा सङ्कल्प...

जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा पढाउन निर्देशन  

जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा पढाउन निर्देशन  

वि.सं.२०८० चैत ६ मंगलवार १६:३५

तम्घास (गुल्मी), ६ चैतः मुसिकोट नगरपालिका र छत्रकोट गाउँपालिकाका जनप्रतिनिधि...

पर्यटक बढाउन पोखराका होटेलमा छुट अफर   

पर्यटक बढाउन पोखराका होटेलमा छुट अफर   

वि.सं.२०८० चैत ६ मंगलवार १६:३०

गण्डकी, ६ चैतः होटल सङ्घ पोखरा नेपालले यही चैत २९...

गृहमन्त्री लामिछानेलाई बदनाम गर्न खोजियोः अध्यक्ष ओली   

गृहमन्त्री लामिछानेलाई बदनाम गर्न खोजियोः अध्यक्ष ओली   

वि.सं.२०८० चैत ६ मंगलवार १५:५१

गोदावरी (कैलाली), ६ चैतः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा...

एक्काइस वर्षअघि साथीको हत्या गरी फरार रहेका एक अभियुक्त पक्राउ   

एक्काइस वर्षअघि साथीको हत्या गरी फरार रहेका एक अभियुक्त पक्राउ   

वि.सं.२०८० चैत ६ मंगलवार १५:४७

काठमाडौँ, ६ चैत : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी...