back
NMB ad

नेपाल घरेलु तथा साना उद्योग महासंघमा नयाँ नेतृत्व

Kumari bank ad

तनहुँ । नेपाल घरेलु तथा साना उद्योग महासंघ तनहुँको अध्यक्षमा रत्नकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । हिजो शनिवार सम्पन्न महासंघको २१औँ अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

अधिवेशनबाट महासंघको वरिष्ठ उपाध्यक्षमा बलराम घिमिरे, उपाध्यक्षमा प्रकाशचन्द्र हड्खले, महासचिवमा कविराज श्रेष्ठ, कोषाध्यक्षमा कृष्णमुरारी मिश्र र सदस्यमा सीता खनाल, निरु भुजेल, शान्ति कुँवर, सीता अधिकारी, धनमाया राना, हर्षमान श्रेष्ठ (साइराम), धनमाया पौडेल, सरु कुमाल, विष्णुकुमार श्रेष्ठ, पार्वती महत, रन्जु थापा श्रेष्ठ, सङ्गीता उचाइ चयन भएका छन् । त्यस्तै केन्द्रीय प्रतिनिधिमा बमबहादुर थापा, रोहिणीराज लौडारी, मछिन्द्रादेवी श्रेष्ठ र रामजी लौडारी चयन भएका छन् ।

महिला उद्यमीमा कल्पना

अधिवेशनबाट महिला उद्यमी विकास समितिको अध्यक्षमा कल्पना गौली सर्वसम्मत निर्वाचित भएकी छिन् । वरिष्ठ उपाध्यक्षमा कृष्णकुमारी रानाभाट, उपाध्यक्षमा सपना श्रेष्ठ, महासचिवमा सिर्जना कोइराला, कोषाध्यक्षमा धनमाया पौडेल र सदस्यमा जानकी थापा, कल्पना थापा, खिरमती मगर, तुलसी साह, धनमाया राना, शर्मिला विक, विमला श्रेष्ठ र भवि दुरा चयन हुनुभएको छ । केन्द्रीय प्रतिनिधिमा वसुन्धरा घर्ती, उमा श्रेष्ठ, अस्मिता खनाल र सरस्वती श्रेष्ठ चयन भएका छन् ।

थप ६ सडक सहयोगीपेक्षीको उद्धार

सडकमा कष्टकर जीवन बिताइरहेका थप छ जनाको तनहुँबाट उद्धार गरिएको छ । जिल्लाको व्यास नगरपालिका, म्याग्दे गाउँपालिका र घिरिङ गाउँपालिकाका छ जनाको उद्धार गरिएको हो । व्यासका एक, म्याग्देका चार र घिरिङका एक जनाको उद्धार गरिएको छ ।

सहाराविहीन अवस्थामा सडकमा जीवन बिताइरहेकाहरुलाई मानव सेवा आश्रम कास्की शाखाले उद्धार गरेको हो । डिसु नेपालको सहयोगमा आश्रमले उनीहरुलाई उद्धार गरेको डिसु नेपालका अध्यक्ष नोमा थापाले जानकारी दिइन् ।

यतिबेला सडक मानवमुक्त बनाउन मानव सेवा आश्रमले मेची–महाकाली उद्धार अभियान चलाएको अभियानकर्मी राजन सापकोटाले जानकारी दिए ।

यो अभियान पुस ७ गते शुरु भएको थियो भने माघ ७ मा सकिनेछ । सापकोटाका अनुसार गण्डकीमा पनि सहाराविहीन सडक मानवको उद्धार अभियान जारी छ । “खाना, नाना र छानाको अभावमा तड्पिरहेकालाई उद्धार गरिरहेका छौँ”, उनले भने । यसअघि मानव सेवा आश्रमले तनहुँबाटै नौ जनाको उद्धार गरिसकेको छ । व्यास नगरपालिकामा पाँच र शुक्लागण्डकी नगरपालिकाबाट चार जनाको उद्धार गरिएको थियो ।

वि.सं.२०७७ माघ ४ आइतवार १०:३८ मा प्रकाशित

You can share this post!

भोली देशभर सार्वजनिक विदा

भोली देशभर सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:३५

काठमाडौं । भोली बैशाख ५ गते देशभर सार्वजनिक बिदा हुने...

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:०६

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं....

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:५२

काठमाडौं । नेपाल बैंकले पुरानो लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको...

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:३७

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार...

एसईईमा सहभागी विद्यार्थीहरुलाई डिम्याट तथा मेरो शेयर खाता खोल्दा बम्पर छुट

एसईईमा सहभागी विद्यार्थीहरुलाई डिम्याट तथा मेरो शेयर खाता खोल्दा बम्पर छुट

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:४३

काठमाडौं । एसईई परीक्षा २०८० मा सहभागी हुनुभएका विद्यार्थीहरुलाई लक्षित...

गुरुप्रसाद न्यौपाने विशेषको त्रुटिपूर्ण फैसलाप्रति असन्तुष्ट, सर्वोच्चमा पुनरावेदन गर्ने तयारी

गुरुप्रसाद न्यौपाने विशेषको त्रुटिपूर्ण फैसलाप्रति असन्तुष्ट, सर्वोच्चमा पुनरावेदन गर्ने तयारी

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:३६

काठमाडौं । जलविद्युत क्षेत्रका भिष्मपिता भनेर चिनिने गुरु प्रसाद न्यौपानेले...