काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन सुनको मूल्य घटेको छ । आज छापावाला सुनको भाउ प्रतितोला ७ सय रुपैँयाले घटेको हो ।
आज ७ सयले घटेर प्रतितोला ९१ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै आइतबार तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ३ सय रहेको छ ।
त्यसैगरी आइतबार चाँदीको मुल्यमा पनि तोलामा ३० रुपैयाले घटेको छ । आज चाँदी प्रतितोला १२ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
वि.सं.२०७७ माघ ४ आइतवार ११:१६ मा प्रकाशित