back
NMB ad

गाँउ फर्किएर व्यावसायिक ड्रागनखेती : वार्षिक ५० लाख आम्दानीको लक्ष्य

Kumari bank ad

भोजपुर । धेरै मानिस सेवासुविधाको खोजीमा शहरतिर बसाइँ सर्छन् । यसरी हिँडेका मानिस पुनःआफ्नै जन्मथलोमा फर्किएका कमै उदाहरण भेटिन्छन्, तर भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ८ गोगने सल्लेनीका कृषक शम्भु नेपाल भने २२ वर्ष विराटनगरमा बिताएर गाउँ फर्केर व्यावसायिक खेतीमा लागेका छन् ।

व्यवसाय गर्नका लागि विराटनगरमा रहेको घरलाई बिक्री गरेर गाउँ आएको उनले बताए । उनले जिल्लामा पहिलो पटक यसको खेती लगाएका हुन् ।

कृषक नेपालले अहिले आफ्नो पुर्खौली भूमिमा २२ रोपनी क्षेत्रफलमा ड्रागन फल र १८ रोपनी क्षेत्रफलमा कागतीको व्यावसायिक खेती गरिरहेका छन् । उनले एक हजार बोट कुरिलो, एभोकाडोलगायतका बिरुवासमेत लगाएका छन् ।

उनले दानाबोटे फलफूल तथा कृषि फार्ममा अहिले एक हजार ५०० बढी पिलरमा ड्रागन फल लगाएका छन् । दुई हजार ५०० पिलर पु¥याउने लक्ष्यका साथ खेतीलाई थप विस्तार गरिरहेको नेपालले बताए ।

उनले तीन वर्षअघिबाट भोजपुरमा पहिलो पटक ड्रागन फलको व्यावसायिक खेती गर्न थालेको बताए । अहिले उनको फर्ममा रहेको ड्रागनले फल दिन शुरु गरेको छ ।

कृषक नेपालले भने, “म २२ वर्षपछि पुनः गाउँ फर्केर व्यावसायिक कृषिमा लागेको छु, अहिले मैले ४० रोपनी बढी क्षेत्रफलमा ड्रागन फलसँगै कागतीको व्यावसायिक खेती गरिरहेको छु, शुरुमा गाउँमा फर्केर आएर व्यावसायिकरुपमा खेती गर्दा यहाँका साथीले धेरैथरीका कुरा गरे, बौलायो भने पैसा धेर भएर यस्तो गर्दैछ भने तर अहिले मैले ड्रागनको खेती गरेको देखेर अन्य साथीले पनि खेती गर्दै आएका छन् ।”

उनले ड्रागन फलको खेतीका लागि मात्र हालसम्म १५ लाख बढी खर्च गरिसकेको बताए । गत वर्षबाट सामान्यरुपमा त्यसले फल दिन थालेको उनले बताए । उनले ड्रागन खेतीबाट वार्षिक ५० लाख आम्दानी लिने लक्ष्य राखेका छन् । उनले भारतबाट सोका बिरुवा ल्याएर खेती थालेको जानकारी दिए ।

उहीले आफैँले पनि ड्रागनका बिरुवा उत्पादन थालेको समेत जानकारी दिए । ड्रागन फल लागेको ४५ दिनमा खान मिल्नेछ यसको मूल्य स्थानीय बजारमा ७०० देखि एक हजारसम्म रहेको उनले जानकारी दिए ।

गत वर्ष कागती बिक्रीबाट १० लाख आम्दानी गरेको उनले जानकारी दिए । कोभिडका कारण यस वर्ष भने बिक्रीवितरणमा समस्या भएको उनको भनाइ छ । “गत वर्ष मैले १० लाख बराबरको कागती बिक्री गरेँ, सोमध्ये तीन लाख बराबरको कागती स्थानीय बजारमा बिक्री भयो, बाँकी काठमाडौं लगेर बिक्री गरेँ, भोजपुरबाट आएको आर्गानिक कागती भनेपछि यसको काठमाडौंमा पनि बजार राम्रो छ ।”

व्यावसायिकरुपमा खेती गरिरहेको भए पनि राज्यकातर्फबाट सहयोग नपाएको नेपालले गुनासो गरे । उनले भन्नुभयो, “मैले खेती गरेको देखेर हौसला दिने धेरै छन्, खास सहयोग पाएको छैन, मैले बैंकबाट कृषि ऋण लिएर व्यवसाय थालेको हो, मैले पनि राज्यलाई केही दिन सकेको छैन, फर्मसम्म आउनका लागि सडक नहुँदा डोकामा बोकेर बस भएको ठाउँसम्म लैजाने गरेको छु, मैले राम्रो काम गर्न सके भने सरकारको तर्फबाट पनि सहयोग आउला भन्ने आशा छ, अहिले मेरो एक मात्र लक्ष्य भनेको वर्षिक ५० लाख आम्दानी सुनिश्चित गर्ने नै हो ।”

उहाँले गाउँका अन्य कृषकलाई समेत व्यावसायिक कृषिमा लाग्ने हौसला दिँदै आएको बताए । उनले गाउँमा उत्पादन भएको दूधलाई बजारसम्म पु¥याउनका लागि पहलसमेत थालेको जानकारी दिए । विभिन्न ठाउँमा दूध सङ्कलन केन्द्र स्थापना गरेर दूधलाई बजारसम्म लैजानका लागि काम गर्ने तयारी रहेको उनको भनाइ छ ।

कृषक नेपालले भने, “हाम्रो ठाउँमा दूधको सम्भावना अत्यन्तै राम्रो छ, तर गाउँघरमा उत्पादन भएको दूधले मूल्य पाउन सकेको छैन, दूधलाई बजारमा पु¥याएर बिक्री गर्नसकेमा यहाँका हजारौँ कृषकलाई लाभ पुग्छ, दूध सङ्कलन केन्द्र स्थापनाका लागि आवश्यक कागजात तयार गरेर स्थानीय सरकारसँग समन्वय गरिरहेको छु ।”

वि.सं.२०७७ माघ ४ आइतवार १२:५३ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...