back
NMB ad

अहिलेसम्मकै उच्च विन्दुमा पुग्यो नेप्से : २८ अंकले बढ्यो, ६ अर्ब ३७ करोड बढीको कारोबार

Kumari bank ad

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से दोहोरो अंकले बढेको छ ।

आज २८ दशमलव ४६ अंकले बढेर नेप्से २३ सय १५ विन्दुमा पुगेको हो । यो अहिलेसम्मकै उच्च विन्दु हो । उक्त दिनजलविद्युत् बाहेक अरू सबै समूहको शेयर बढेको छ ।

 

 

व्यापार समूहको शेयर २ सय ३२ अंकले, विकास बैंक समूहको १ सय १० अंकले, उत्पादन समूहको ४९, माइक्रो फाइनान्सको १ सय १५, अन्यको ६०, फाइनान्सको २५, जीवन बीमाको २ सय २१ र निर्जीवन बीमा समूहको शेयर ७८ अंकले बढेको छ ।

आइतबार २०८ कम्पनीका एक करोड ५० लाख ३५ हजार कित्ता शेयर ६ अर्ब ३७ करोड ४२ लाख रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै नेपाल टेलिकमको ५८ करोड १० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आइतबार साल्ट ट्रेडिङ कर्पोरेशनका शेयरधनीले १० प्रतिशत कमाएका छन् भने १५ वटा कम्पनीका शेयरधनीले नौ प्रतिशतभन्दा धेरैका दरले कमाएका छन् ।

समग्र बजार बढे पनि युनाइटेड फाइनान्सका शेयरधनीले भने झण्डै ६ प्रतिशत गुमाएका छन् ।

वि.सं.२०७७ माघ ४ आइतवार १५:३२ मा प्रकाशित

You can share this post!

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:५९

गण्डकी, १४ वैशाखः निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा...

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:४७

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:३१

काठमाडौं । ज्योति क्यापिटलले प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए....

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी   

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:१८

काठमाडौँ, १४ वैशाख : दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु...

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै, कुन क्षेत्रका कति ?    

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै, कुन क्षेत्रका कति ?    

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:१२

हेमन्त जोशी काठमाडौँ, १४ वैशाखः मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर...

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४५

काठमाडौँ : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको...