काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडले आउँदो आइतबारदेखि एकीकृत कारोबार गर्ने भएका छन् ।
बैंकले सिटी एक्सप्रेसलाई एक्वायर (प्राप्ति) गरेपछि नेपाल इन्भेष्टमेन्ट बैंकको नामबाट एकीकृत कारोबार हुन लागेको हो । नेपाल इन्भेष्टमेन्टले सिटीलाई १०० बराबर ३० को अनुपातमा समाहित गरेको हो।
गत असोज २८ गते सम्पन्न विशेष साधारणसभाले प्राप्तिसम्बन्धी प्रस्तावलाई पारित गरेको थियो। नियामक नेपाल राष्ट्र बैंकले मंसिर १९ गते, कम्पनी रजिष्ट्रारको कार्यालयले पुस ३ गते र नेपाल धितोपत्र बोर्डले पुस १० गते एकीकृत कारोबार गर्न स्वीकृत प्रदान गरेको नेपाल इन्भेष्टमेन्टले जनाएको छ ।
वि.सं.२०७७ माघ ५ सोमवार १०:३६ मा प्रकाशित