काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजारमा आज ६ अर्ब ३१ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से १७.४६ अंकले र क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक २.२५ अंकले बढेको हो । आज कुल १ करोड ५४ लाख ९६ हजार ७ सय १४ कित्ता शेयर बिक्री भएको छ ।
सोमबार प्रभु बैंकको सर्वाधिक ३३ करोडको शेयर किनबेच भएको छ। त्यस्तै नेपाल टेलिकमको २६ करोडको, एनआईसी एसिया बैंकको २० करोडको, नेपाल पुनर्बीमा कम्पनीको १७ करोडको, नेपाल लाइफको १६ करोडको शेयर किनबेच भएको छ ।
आज कुल २०७ कम्पनीको कारोबार भएको नेप्सेले जनाएको छ ।
वि.सं.२०७७ माघ ५ सोमवार १६:२० मा प्रकाशित