back
NMB ad

भरतपुरमा घरेलु उपज प्रदर्शनीकक्ष बन्दै

Kumari bank ad

चितवन । भरतपुर महानगरपालिका–२२ मा घरेलु तथा साना उद्योग प्रदर्शनीकक्षको शिलान्यास गरिएको छ ।

कक्षको महानगर प्रमुख रेनु दाहालले सोमबार शिलान्यास गर्दै प्रदर्शनीकक्षको सञ्चालनले स्थानीय उत्पादनको बजारीकरण गर्न महत्वपूर्ण योगदान पुग्ने बताइन् । यसले उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना र आर्थिक गतिविधिमा बढवा दिने उनको भनाइ छ ।

सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले औद्योगिक विकासमार्फत उत्पादकत्व वृद्धि गर्दै समृद्धिको दिशा तय गर्न सकिने बताए । उनले निर्माण हुन लागेको यस औद्योगिक उपज प्रदर्शनीकक्षले यस क्षेत्रको औद्योगिक र पर्यटकीय गतिविधि विकास र विस्तारमा सहयोगी हुने बताए ।

प्रदेश वन पर्यटन तथा वातावरण मन्त्रालयका सचिव डा सिन्धुप्रसाद ढुङ्गानाले प्रदेश सरकारले औद्योगिक विकास र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरेको जानकारी दिए ।

कार्यक्रममा वडा नं २२ का अध्यक्ष विष्णुराज महतोले निर्माणाधीन घरेलु उपज प्रदर्शनीकक्षले यहाँको पर्यटन प्रवद्र्धन र घरेलु तथा औद्योगिक उपजको बजारीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

सो कार्यालयका प्रमुख यादवनाथ आचार्यले निर्माणाधीन प्रदर्शनीकक्ष ९१ लाखको लागतमा निर्माण गर्न लागिएको जानकारी दिए । एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी कक्ष निर्माण गर्न लागिएको हो ।

वि.सं.२०७७ माघ ६ मंगलवार ०९:२७ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...