काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५६ औं वार्षिकोत्सबको अवसरमा बैंकको केन्द्रीय कार्यालय परिसरमा सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
रक्तदान कार्यक्रममा १ सय ७१ जनाले रक्तदान गरेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले विभागीय प्रमुख विनय रमण पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो ।
वि.सं.२०७७ माघ ६ मंगलवार १०:४३ मा प्रकाशित