back
NMB ad

एनसेलले ल्यायो नयाँ च्याटबोट सेवा ‘माया’, यस्ता छन् सुविधाहरु

Kumari bank ad

काठमाडौं । एनसेलले आफ्नो डिजिटल ट्रान्सर्फमेसन योजना अनुरुप ग्राहकका लागि च्याटबोट सेवा ‘माया’ सुरु गरेको छ । यो च्याट सेवाको डिजिटल प्लेटफर्म मार्फत ग्राहकले एनसेलको सेवा तथा सुविधाहरुका बारेमा जानकारी सजिलै लिन सक्नेछन् ।

च्याटबोट सेवा ‘माया’ एनसेलले आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत ल्याएको हो । यो अभियानले भविष्यको पुनःकल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडी बढ्न अभिप्रेरित गर्ने कम्पनीले जनाएको छ ।

यो सेवा एनसेलको आधिकारिक फेसबुक मेसेन्जर, भाइबर, ह्वाटसएप र वेबसाइटमा उपलब्ध रहेको छ भने जसअन्तर्गत एनसेलका ग्राहकले च्याटबोट मार्फत एनसेलको सेवा लिन, आफ्ना प्रश्न वा गुनासोहरु राख्न सक्ने कम्पनीले जनाएको छ ।

च्याटबोट सेवा ‘माया’ माघ ४ गते देखि एनसेललका सबै आधिकारिक सामाजिक सञ्जाल पेज वा ह्याण्डलमा उपलब्ध भएका छन् । यस प्लेटफर्म मार्फत ग्राहकले भ्वाइस तथा डेटा प्याक खरिद गर्न, भिसा तथा मास्टरकार्डबाट रिचार्ज गर्न, एनसेलको सेवा तथा सुविधाको बारेमा कुनै जिज्ञासा राख्न, ब्यालेन्स चेक गर्न, अफरहरुको बारेमा जानकारी लिन तथा कुनै गुनासो भए राख्न सक्छन् ।

आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत एनसेलले आगामी दिनमा ग्राहकको बढ्दो मागलाई ध्यानमा राख्दै थप नयाँ तथा नविन सेवाहरु ल्याउँदै जानेपनि जनाएको छ ।

वि.सं.२०७७ माघ ६ मंगलवार १०:४९ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...