back
NMB ad

कोरोना कहर : अर्थतन्त्रमा परेको क्षति पूर्ति गर्न पाँच रणनीति, ६ खर्ब ६५ अर्ब रुपैयाँ चाहिने आँकलन

Kumari bank ad

काठमाडौं । सरकारले कारोना भाइरसको महामारीका कारण अर्थतन्त्रमा परेको क्षति पूर्ति गर्न राहत र पुनर्स्थापनाका पाँच वटा रणनीति बनाएर काम गर्ने भएको छ ।

प्रधानमन्त्री अध्यक्ष रहने राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा राष्ट्रिय योजना आयोगले पाँच वटा रणनीति बनाएर प्रभावकारी कार्यान्वयन गर्नुपर्ने जनाएको हो ।

सङ्क्रमण नियन्त्रण तथा राहत, रोजगारी, आयोजनाको निरन्तरता, नयाँ प्रणाली विकास तथा अवलम्बन र आत्मनिर्भरता अभिवृद्धि गरी पाँच वटा रणनीति तय गरिएको आयोगले जनाएको छ ।

यी रणनीति पूरा गर्न ६ खर्ब ६५ अर्ब रुपैयाँ चाहिने भएको छ । सङ्क्रमण नियन्त्रण तथा राहतका कार्यक्रममा दुई खर्ब ६९ अर्ब, रोजगारीमा ९२ करोड ६२ लाख, आयोजना निरन्तरतामा एक खर्ब १४ अर्ब ५१ करोड, नयाँ प्रणाली विकास तथा अवलम्बनमा एक खर्ब १९ अर्ब ५६ करोड र आत्मनिर्भरता अभिवृद्धिमा ७३ अर्ब ४४ करोड रुपैयाँ खर्च गर्नुपर्ने आयोगले तयार पारेको रिपोर्टमा उल्लेख छ ।

यसका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीति उपनाउनुपर्ने आयोगको सुझाव छ । जसमध्ये दुई खर्ब ४२ अर्ब रुपैयाँ अल्पकालीन रणनीतिमा खर्च गर्नुपर्ने, दुई खर्ब ८७ अर्ब रुपैयाँ मध्यकालीन रणनीतिमा र एक खर्ब ३५ अर्ब ७९ करोड रुपैयाँ दीर्घकालीन रणनीतिमा खर्च गर्नुपर्ने आयोगले जनाएको छ ।

वि.सं.२०७७ माघ ६ मंगलवार १३:४१ मा प्रकाशित

You can share this post!

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...