काठमाडौं । मंगलबार नेप्से ५.५७ अंकले घटेको छ । लगानीकर्ताले नाफा बुक गर्न खोज्दा सूचक केही घटेपनि कारोबार रकम भने बढेको छ । मंगलबार ७ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको छ ।
मगलबार व्यापार, फाइनान्स र जीवन बीमा समूहको सूचकमा सुधार देखिए पनि बाँकी समूह सूचकमा भने गिरावट आएको हो। थोरै शेयर पुँजी भएका फाइनान्समा लगानीकर्ताको आकर्षण बढेको छ ।
मंगलबार २०५ वटा कम्पनीको सेयर कारोबार हुँदा ११५ वटा कम्पनीको मूल्यमा घटेको छ भने ५५ वटाको मूल्यमा सुधार देखिएको छ।
वि.सं.२०७७ माघ ६ मंगलवार १५:११ मा प्रकाशित