back
NMB ad

धार्मिक पर्यटनको केन्द्र बन्दै ‘शान्तिधाम’

Kumari bank ad

काठमाडौं । काठमाडौंको उत्तरी क्षेत्र तारकेश्वरमा रहेको शान्तिधाम धार्मिक पर्यटनको केन्द्रका रुपमा विकास हुँदै गएको छ ।

विसं २०६८ मा तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा चारधाम मन्दिर निर्माण गर्ने उद्देश्यले ‘शान्तिधाम’ दर्ता भएपछि उक्त परिसरमा बद्रिनारायणको मन्दिर निर्माण भएसँगै धार्मिक पर्यटक बढ्न थालेका हुन् ।

विसं २०७३ को निर्जला एकादशीमा शिलान्यास भई २०७५ रामनवमीमा निर्माण सम्पन्न भएको बद्रिनारायण मन्दिर दर्शनका लागि दैनिक पाँचसय भन्दा बढी दर्शनार्थी आउने गरेका छन् ।

यस्तै बिदाको दिनमा तीन हजारदेखि पाँच हजार दर्शनार्थी मन्दिर दर्शनका लागि आउने गरेका छन् । बिहान र बेलुका खुल्ने उक्त मन्दिर मध्यान्ह १२ बजेदेखि ३ बजेसम्म बन्द हुँदै आएको छ ।

रु १५ करोडको लागतमा निर्माण सम्पन्न भएको बद्रिनारायणको मन्दिर द्रबिड शिखरशैलीमा निर्माण भएको हो । उक्त मन्दिर कलात्मक र सुन्दर रहेको छ ।

विभिन्न क्षेत्रमा सत्सँग धार्मिक चेतना अभिवृद्धि गर्दै आएको शान्तिधाममा हिन्दू धर्मावलम्बीका दर्शनीय धार्मिकस्थल चारधाम निर्माण गर्ने उद्देश्य राखिएको वृहद शान्तिधाम नेपालका संस्थापक मठाधीश अनन्त श्रीविभूषित स्वामी श्री चतुर्भुजाचार्य चुडामणिजी महाराजले राससलाई जानकारी दिनुभयो । “वार्षिक हजारौँ नेपाली अर्बौँ रकम खर्च गरेर छिमेकीमूलुक भारतका विभिन्न मठमन्दिर तथा धाम घुम्न जाने गरेका छन्, भारतमा रहेका धाम नेपालमै दर्शनको व्यवस्था मिलाउनका लागि वृहद शान्तिधाम नेपाल स्थापना गरी विभिन्न मठमन्दिर र धाम निर्माण गर्न लागेका छौँ,”उहाँले भन्नुभयो ।

अहिले बद्रिनारायण धाम निर्माण भए पनि आगामी दिनमा रामेश्वरम धाम, द्वाराकाधीश धाम र जगन्नाथ धाम निर्माण गरिने मठाधीशको भनाइ छ । शान्तिधामभित्र सम्पन्न भएको बद्रिनारायण मन्दिर विसं २०७५ मा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको हो ।

कूल १०० रोपनी क्षेत्रफलमा फैलिएको शान्तिधाम परिसरभित्र आयुर्वेद अस्पताल, वृद्धाश्रम, अनाथालय, गौशाला, गुरुआश्रम, धर्मशाला, अतिथि निवास, क्रियापुत्री भवन निर्माण गर्ने लक्ष्य राखिएको छ ।

नेपालमा पहिलोपटक एकै स्थानमा चारधाम मन्दिर, गौशाला, वृद्धाश्रम, अनाथालय, बाचनालय, भोजनालय, साङ्गीतिक हल साथै सुन्दरमुक्ति सरोवर निर्माण गरिएको यस शान्तिधाममा अक्षय तृतीयाका दिनमा ठूलो मेला लाग्ने गरेको छ । त्यसबाहेक कृष्ण जन्माष्टमी र एकादशीमा समेत मेला लाग्ने गरेको छ ।

उक्त शान्तिधाममा दैनिक सय भक्तजनलाई आवास तथा भोजन गर्नसक्ने क्षमता छ । शान्तिधाम परिसरमा निर्माण गर्न लागिएको भौतिक संरचनाका लागि आर्थिक अभाव रहेको मठाधीशको भनाइ छ । यस्तै, शान्तिधाम पुग्न बाटो राम्रो नहुँदा समस्या परेको छ । आन्तरिक तथा बाह्य पर्यटन विकास गर्दै राज्यलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको शान्तिधाममा दाताले सहयोग गर्ने क्रम बढेको छ ।

शान्तिधाम परिसरमा बन्न लागेको भौतिक संरचना निर्माणका लागि तारकेश्वर नगरपालिकाले आर्थिक सहयोग गर्दै आएको छ । नगरपालिकाका प्रवक्ता एवं् वडा नं १ का वडाअध्यक्ष विदुर सापकोटाले शान्तिधाम क्षेत्रको विकासका लागि नगरपालिकाले प्रत्येक वर्ष सहयोग गर्दै आएको बताउनुभयो । धार्मिक पर्यटनको विकास हुने भएकाले नगरपालिकाले उक्त क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको उहाँको भनाइ थियो । शान्तिधाम काठमाडौँ महानगरपालिका–१६ माछापोखरीबाट ७ किलोमिटर दूरीमा पर्दछ ।

वि.सं.२०७७ माघ ६ मंगलवार १५:३४ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...