बिहीवार इन्फिनिटी लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं । भोलि (बिहीवार) इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।

कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि माघ ९ गते बुक क्लोज गरेसँगै बिहीवारसम्म शेयर कायम गर्नुपर्ने भएको हो । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १४ दशमलव २५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव पारितका लागि कम्पनीले माघ २४ गते केन्द्रिय कार्यालय गैडाकोटमा बिहान ११ बजे साधारण सभा आयोजना गरेको छ । साथै, सभाले अन्य कुनै वित्तीय संस्थासँग गाभ्न गाभिन परेमा त्यस सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

२०७७ माघ ७ गते ११:५३ मा प्रकाशित

You can share this post!

पिपुल्स हाइड्रोको आईपीओ आउँदै, सानिमा क्यापिटललाई निष्काशन/बिक्री प्रबन्धकमा नियुक्त

पिपुल्स हाइड्रोको आईपीओ आउँदै, सानिमा क्यापिटललाई निष्काशन/बिक्री प्रबन्धकमा नियुक्त

Related posts