back
NMB ad

सप्तकोशीमा २४ घण्टे आकस्मिक सेवा शुरु

Kumari bank ad

सप्तरी । सप्तरीको सप्तकोशी नगरपालिकामा २४ घण्टे आकस्मिक सेवा शुरु भएको छ । स्वास्थ्यचौकीमा एमबिबिएस चिकित्सकबाट स्वास्थ्य सेवा उपलब्ध हुने र प्रयोगशालालगायतका सेवासमेत रहने बताइएको छ ।

सप्तकोशी नगरपालिकास्थित स्वास्थ्यचौकी फत्तेपुरमा २४ घण्टे आकस्मिक सेवा शुरु गरिएको नगरपालिकाका प्रमुख उत्तम शर्माले बताए । यसअघि पाँच श्ययाको कोभिड–१९ अस्थायी अस्पताल सञ्चालनमा ल्याएको स्वास्थ्यचौकीमा २४ घण्टे आकस्मिक सेवा शुरु भएपछि सप्तकोशी नगरपालिकाको ११ वटै वडा र छिमेकी जिल्ला उदयपुरको चौदण्डी गढी र बेलका नगरपालिकाका बासिन्दालाई समेत सुविधा पुग्ने स्वास्थ्यचौकी प्रमुख राजकुमार दासले जानकारी दिए ।

नगर प्रमुख शर्माले चाँडै नै सर्पदंश उपचार केन्द्र पनि सञ्चालनमा ल्याइने बताए । नगरपालिकामा १५ श्ययाको अस्पताल सञ्चालनका लागि आवश्यक तयारी भइरहेको र फागुनभित्र शिलान्यास गरिने नगर प्रमुख शर्माले प्रतिबद्धता जनाए । शर्माले भने, “अस्पतालका लागि चाहिने आवश्यक उपकरण स्वास्थ्य सेवा विभागले उपलब्ध गराउने आश्वासन दिएको छ ।” कुनै पनि व्यक्ति पैसा र सवारी साधनको अभावमा आकस्मिक सेवा लिनबाट बञ्चित नहोस् भन्ने उद्देश्यले २४ घण्टे आकस्मिक सेवा कार्यक्रम शुरु गरिएको नगरपालिकाकी उपप्रमुख आशा चौधरीले बताइन् ।

वि.सं.२०७७ माघ ७ बुधवार १२:३५ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...