back
NMB ad

राष्ट्रिय गौरवको योजना : मदन भण्डारी मार्ग निर्माण तीव्र गतिमा

Kumari bank ad

सप्तरी । राष्ट्रिय गौरवको योजना अन्तर्गत सप्तरीको रुपनगर चोकदेखि उदयपुरको सिवाइसम्मको मदन भण्डारी मार्गको निर्माणकार्य अहिले तीव्ररुपमा भइरहेको छ ।

विसं २०७५ फागुन १ गते राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिलान्यास गरेको मदन भण्डारी मार्गको निर्माणकार्य तीव्ररुपमा भइरहेको स्थानीयवासी उत्तम अचार्यले जानकारी दिए ।

सो मार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–१२ रुपनगर चोकदेखि चर्खिया, बस्तीपुर, श्रवणपुर, पोडाहा खोला हुँदै उदयपुरको सिवाइसम्मको सडक निर्माण अहिले तीव्रगतिमा भइरहेको उनले बताए ।

आर्थिक वर्ष २०७७÷७८ मा ठेक्का पाएका बजरङग कन्ट्रक्सन काठमाडौंले चर्खियादेखि पोडाहा खोला श्रवणपुरसम्मको सडकखण्डमा कालोपत्रका लागि अहिले माटो खसाउने र ग्राभेलको काम शुरु गरेको छ ।

यस आर्थिक वर्षमा चार करोड ४० लाखको बजेटबाट बजरङ्ग कन्स्ट्रक्सन काठमाडौंले तत्काल सो सडकमा मोटो भर्ने र ग्राभेलको काम सकेपछि कालोपत्र गर्ने योजनासाथ सडक निर्माण भइरहेको जनाएको छ ।

ती सडकमा अहिले टिपर र ट्रयाक्टरबाट माटो खसाउने काम भइरहेको छ भने कालोपत्रका लागि तयारी गरिएको कञ्चनरुप नगरपालिका प्रमुख वसन्त मिश्रले जानकारी दिए ।

एक करोडको ठेक्का पाएका नीरज जोशीले मदन भण्डारी मार्ग अन्तर्गत तिरमार्गदेखि शिवालय मन्दिर हुँदै चर्खियासम्मको करीब ७०० मिटरसम्म सडकमा माटो भर्ने र माटो मिलाउने काम शुरु गरिएको पाइएको छ ।

गत आर्थिक वर्ष २०७६(७७ मा एक करोडमा रुपनगर चोकदेखि शिवालय चोकसम्म करीब ७०० मिटर कालोपत्र सम्पन्न गरेको थियो । त्यपछि सो सडकखण्डमा बाँकी सडक निर्माण भइरहेको जनाइएको छ ।

रुपनगर चोकदेखि उदयपुरको सिवाइसम्म निर्माण भइरहेको सो मार्गको लम्बाइ १३ किलोमिटर छ । सो मार्ग रुपनगर चोकदेखि चर्खिया, वसन्तीपुर, पौडाहा खोला हुँदै उदयपुर जिल्लाको सिवाइ भएर पहाडी मार्गसम्म जोडिने छ ।

यसका लागि प्रत्येक आर्थिक वर्षमा बजेट विनियोजन भई ठेक्काका लागि सम्झौता अनुसार काम भइरहेको सडक डिभिजन कार्यालय लहानको भनाइ छ ।

यस क्षेत्रमा फराकिलो सडक बाटो बन्न थालेपछि स्थानीयवासीसमेत खुशी भएका छन् । सडक बाटोको अभाव खेप्दै आएका रुपनगरवासी अहिले सो मार्गको निर्माण देखेर स्थानीयवासी खुशी मात्रै होइन कि बाढी र वर्षाको समयमा नाङ्गे खुट्टा हिँडनुपर्ने बाध्यतसमेत अन्त्य हुन लागेको कञ्चनरुप नगरपालिकाका स्थानीयवासी राजकुमार साहले बताए ।

वि.सं.२०७७ माघ ७ बुधवार १३:२६ मा प्रकाशित

You can share this post!

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...