back
NMB ad

ट्राफिक कार्यालय चितवनद्वारा ६ महिनामा १ करोड ६१ लाख राजश्व संकलन

Kumari bank ad

चितवन । जिल्ला ट्राफिक कार्यालय चितवनले आर्थिक बर्ष ०७७ ।०७८ को ६ महिनामा १ करोड ६१ लाख ८१ हजार २६ हजार रुपैंया राजश्व सङ्कलन गरेको छ ।

कार्यालयले दिएको जानकारी अनुसार पुस मसान्तसम्म गरिएको राजश्व सङ्कलनमा सबैभन्दा बढी पुसमा ४४ लाख ४४ हजार पाँच सय र सबैभन्दा कम भदौमा ६ लाख ८४ हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले भदौ बाहेक अन्य महिनामा भने राजश्व सङ्कलनमा वृद्धि गर्दै लगेको छ । जसअनुसार साउन महिनामा ९ लाख २६ हजार रुपैंया, असोज महिनामा २९ लाख ७७ हजार पाँच सय, कात्तिक महिनामा ३४ लाख ३० हजार पाँच सय रुपैयाँ सङ्कलन गरेको थियो ।

यस्तै कार्यालयले मङ्सिर महिनामा ३६ लाख ६३ हजार पाँच सय रुपैयाँ सङ्कलन गरेको थियो ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले कोरोनाको प्रभाव कम भएसँगै र बन्दाबन्दी हटेपछि सडकमा सवारी साधन गुड्ने सङ्ख्या बढेकोले राजश्व सङ्कलनमा क्रमशः वृद्धि हुँदै गएको बताउनुभयो ।

‘सडकमा सवारीको सङ्ख्या पनि बढेको छ । कारबाही सङ्ख्या पनि बढेको छ । उहाँले भन्नुभयो , हामीले अहिले ट्राफिक कडाइ , चेकजांँच बढी गरेका छौँ ।’ जिल्ला भरी दैनिक ९ वटा चेकिङ प्वाइन्टमा तीन सिफ्ट गरेर सवारी साधन चेकजांँच भइरहेको उहाँले बताउनुभयो ।

भदौ महिनामा जिल्लामा तीन हप्ता निषेधाज्ञा भएकोले राजश्व सङ्कलन कम भएको छ भने पुस महिनामा सबैभन्दा बढी मानवीय क्षति भएको कारण यस महिनामा थप कडाइ गरिएकोले बढी राजश्व सङ्कलन भएको उहाँको भनाई छ ।

ट्राफिक प्रहरीले लाइसेन्स चेकिङ, तीव्र गति, ओभर लोड, ओभरटेकिङ्ग, रुट परमिट, नो पार्किङलगायतका ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई कारबाही गरी जरिवाना असुल्दै आएको छ ।

वि.सं.२०७७ माघ ७ बुधवार १५:४० मा प्रकाशित

You can share this post!

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...