back
NMB ad

कैलालीका भन्सार कार्यालयमा लक्ष्यभन्दा धेरै राजश्व सङ्कलन

Kumari bank ad

कैलाली । कैलालीस्थित भन्सार कार्यालय चालु आर्थिक वर्षको ६ महिनामा लक्ष्यभन्दा धेरै राजश्व उठाउन सफल भएका छन् । सती भन्सार कार्यालय खक्रौलाले ६ महिनामा नै वार्षिक लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको छ ।

खक्रौला भन्सार कार्यालयले आर्थिक वर्ष २०७७/०७८ मा ६ करोड, ७ लाख रुपैयाँ राजश्व उठाउने वार्षिक लक्ष्य राखेकोमा पुस मसान्तसम्म साढे ८ करोड राजश्व सङ्कलन भइसकेको भन्सार प्रमुख विमल कुमार शाहले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमणपछि सीमा नाका खुल्ला नहुँदा मानिसहरू खुल्ला रुपमा सीमापारि आउजाउ गर्न नसक्दा र पछिल्लो समय खक्रौला नाका भएर कच्चा पदार्थ आयात भइरहेकाले पनि भन्सार कार्यालयको राजश्वमा वृद्धि भएको प्रमुख शाहको भनाई छ ।

दुई वर्ष अघि मात्र स्थापना भएको खक्रौला भन्सारले गत आर्थिक वर्षमा ५ करोड ८० लाख ७ हजार मात्रै राजश्व उठाएको थियो । खक्रौला भन्सारबाट कपडा, मोटर पार्टस र हार्डवेयरका सामान बढी आयात हुने गरेका छन् ।

वि.सं.२०७७ माघ ७ बुधवार १५:४५ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...