काठमाडौं । बुधवार शेयर बजार बढेको छ । आज नेप्से १५.८७ अंकले बढेर २३ सय ४२ दशमलव ७६ विन्दुमा पुगेको छ ।
उक्त दिन २ सय ११ कम्पनीको ६ अर्ब २१ करोड रुपैयाँको बराबरको कारोबार भएको छ । उक्त कारोबारमा १ करोड ५९ लाख ८१ हजार ९ सय ५२ कित्ता सेयर बिक्री भएको छ ।
कुल १२ समूहमध्ये आज वाणिज्य बैंक, व्यापार, होटल, उत्पादन र अन्य समूहको कारोबार सूचक झरेको छ भने बाँकीको कारोबार सूचक बढेको छ।
नेपाल लाइफ इन्स्योरेन्सको आज सर्वाधिक ६१ करोड ४० लाखको कारोबार भएको छ । दोस्रो सर्वाधिक कारोबार भने प्रभु बैंकको छ । बैंकको २९ करोड ५२ लाख, पुनर्बीमा कम्पनीको २७ करोड ३६ लाखको, शिखर इन्स्योरेन्सको २५ करोड १९ लाखको र एनआईसी एसिया बैंकको १८ करोड २८ लाखको कारोबार भएको हो।
आज १५ कम्पनीको सेयर १० प्रतिशत हाराहारीमा बढेको छ। यी कम्पनीका लगानीकर्ताले कमाउँदा गुमाउनेले भने आज ३.९५ प्रतिशतसम्म गुमाएका छन्।
वि.सं.२०७७ माघ ७ बुधवार १५:३० मा प्रकाशित