काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमित पाएको छ ।
कम्पनीले आईपीओ निष्कासन गर्नृका लागि बोर्डबाट माघ २ गते अनुमति पाएको हो । अनुमति पाएसँगै अब कम्पनीले ३४ लाख ९६ हजार ४०० कित्ता आईपीओ निष्कासन गर्नेछ ।
कम्पनीले जसमध्ये स्थानिय बासिन्दाका लागि निष्कासन गरी नबिकेको १६ लाख ९६ हजार ४०० कित्तासमेत गरेर कुल ३४ लाख ९६ हजार ४०० कित्ता आइपीओ निष्कासन गर्नेछ । विक्री प्रबन्धकमा बिओके क्यापिटल लिमिटेड रहेको छ ।
वि.सं.२०७७ माघ ८ बिहीवार १६:१६ मा प्रकाशित