भोलि चन्द्रागिरि हिल्सको आईपीओ बाँडफाँड

काठमाडौं । चन्द्रागिरि हिल्सको आईपीओ शुक्रवार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलकै कार्यालय नक्साल बिहान १० बजे आईपीओ बाँडफाँड हुनेछ ।

कम्पनीको आइपीओ प्रि–अलोटमेन्ट बुधबार नै सम्पन्न भइसकेको छ । चन्द्रागिरीमा माग भन्दा अत्यधिक आवेदन परेकोले सेयर पाउन भाग्यकै भर पर्नु पर्ने भएको छ ।

कम्पनीको आइपीओमा कुल १२ लाख ५६ हजार ७४६ जनाले आवेदन दिएको बिक्री प्रबन्धकले जनाएको छ । त्यसमध्ये ४५ हजार ६ सय ३१ वटा आवेदन रद्द भएर १२ लाख ११ हजार १ सय १५ वटा मात्रै योग्य भएका छन् ।

२०७७ माघ ८ गते १६:२९ मा प्रकाशित

You can share this post!

ग्रीनलाइफ हाइड्रोपावरको ३४ लाख ९६ हजार कित्ता आईपीओ आउँदै, बोर्डबाट पायो अनुमति

ग्रीनलाइफ हाइड्रोपावरको ३४ लाख ९६ हजार कित्ता आईपीओ आउँदै, बोर्डबाट पायो अनुमति

Related posts