back
NMB ad

नयाँ उचाइमा नेप्से : ३१.८७ अंकले बढ्यो, झण्डै ८ अर्बको कारोबार

Kumari bank ad

काठमाडौं । धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक आज नयाँ उचाइमा पुगेको छ । लगातार उकालो लाग्दै आएको बजार दोहोरो अंकले उकालो लागेर नयाँ बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ३१.८७ बिन्दुले उकालो लागेर दुई हजार ३७४.६४ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार माापन गर्ने सेन्सेटिभ परिसूचक २.५९ ले उकालो लागेर ४४५.५९ मा पुगेको छ ।

नेप्से उकालो लाग्दा कारोबार रकममा समेत आज (बिहीवार) राम्रै प्रभाव देखिएको छ । कूल २०९ कम्पनीका एक करोड ८१ लाख पाँच हजार ६७१ कित्ता शेयर सात अर्ब ७९ करोड ८५ लाख २८ हजार ४३३ मूल्यमा खरिद बिक्री भए ।

आजको कारोबारसँगै बजार पूँजीकरण झण्डै ३२ खर्बको हाराहारीमा पुगेको छ । नेप्सेमा भएको सुधारसँगै ३१ खर्ब ८९ अर्ब ९५ करोड ७३ लाख ५० हजार बराबरको बजार पूँजीकरण भएको छ ।

कारोबार भएका कूल १२ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर उकालो लाग्यो भने १० उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ३.८३ र सामूहिक लगानी कोष ०.०५ ले ओरालो लागेको छ ।

निर्जीवन बीमा, जीवन बीमा र लघुवित्त उपसमूहमा बहार आउँदा बजारले नयाँ लय समातेको छ । यस्तै व्यापार २.४७, होटल १३.६२, विकास बैंक ३१.३८, जलविद्युत् ६८.२९, वित्त ३१.९८, निर्जीवन बीमा ५४०.२३, उत्पादन २६.१३, अन्य १७.४८, लघुवित्त १५४.१६ र जीवन बीमा ४४३.४३ ले उकालो लागे ।

कारोबारका आधारमा आज नेपाल लाइफ इन्स्योरेन्सक कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ५३ करोड ३३ लाख १२ हजार ४२१ बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो ।

यस्तै नेको इन्स्योरेन्स २६ करोड ६४ लाख ४८ हजार २१३, नेपाल पुनरबीमा कम्पनी २२ करोड ९९ लाख ४७ हजार २२१, शिखर इन्स्योरेन्स २२ करोड ८२ लाख ६१ हजार ७७२, नेशनल लाइफ इन्स्योरेन्स २१ करोड ४४ लाख ५६ हजार १६७, प्रभु बैंक २१ करोड ४३ लाख ५० हजार ९४३, नेपाल दूरसञ्चार कम्पनी २१ करोड तीन लाख ६४ हजार ६४८, एनआइसी एशिया बैंक १६ करोड १६ लाख ३५ हजार ८४४ र अरुण काबेली पावर कम्पनी १३ करोड ६८ लाख बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा सर्पोट माइक्रोफाइनान्स १०, स्वाभिमान लघुवित्त ९.९८, सिद्धार्थ इन्स्योरेन्स ९.९७, महिला सहयात्रा माइक्रोफाइनान्स ९.९६, गरिमा विकास लघुवित्त ९.९६, आशा लघुवित्त ९.९६, गुराँस लघुवित्त ९.९४, सूर्योदय लघुवित्त ९.९४ र इन्फिनिटी लघुवित्तका लगानीकर्ताले ९.९४ प्रतिशतले कमाए ।

यसैगरी नारायणी डेभलपमेन्ट बैंक ६.७०, नेपाल हाइड्रो ४.२५, बरुण हाइड्रोपावर ३.३३, बैंक अफ काठमाण्डू २.१३, सनराइज म्युचुअल फण्ड १.९६, मन्जुश्री फाइनान्स १.६५, नबिल इक्विटी फण्ड १.६३ र सनराइज बैंकको ऋणपत्रका लगानीकर्ताले १.६३ प्रतिशतले गुमाए ।

वि.सं.२०७७ माघ ८ बिहीवार १५:३२ मा प्रकाशित

You can share this post!

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:३६

काठमाडौं । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय...

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:२६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:००

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

नौ महिनामा एनआईसी एशिया बैंकको नाफा १ अर्ब ९१ करोड, अन्य सूचक कस्ता ?

नौ महिनामा एनआईसी एशिया बैंकको नाफा १ अर्ब ९१ करोड, अन्य सूचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०६:३४

काठमाडौं । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...