back
NMB ad

विमानस्थलमै भारतद्वारा १० लाख डोज खोप हस्तान्तरण

Kumari bank ad

काठमाडौं । भारत सरकारले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप बिहीबार मध्याह्न एयर इन्डियाको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्रिएको छ ।

१० लाख डोज खोप नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई विमानस्थलमै हस्तान्तरण गरेका छन् ।

हस्तान्तरण कार्यक्रममा मन्त्री त्रिपाठीले खोपको प्राथमिकतामा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, सुरक्षाकर्मी रहने बताए । उनले खोपका लागि भारत सरकारलाई धन्यवाद दिँदै नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको दुई साताअघिको भारत भ्रमणले कोरोना खोप भित्र्याउन महत्वपूर्ण भूमिका खेलेको बताए ।

मन्त्री त्रिपाठीले एक हप्तादेखि १० दिनभित्रै नेपालमा खोप लगाउन शुरु गरिने र यो खोप लगाइसक्दा अर्को खोपको व्यवस्था गरिसक्नका लागि तत्काल थप खोपको खरिद प्रक्रिया अगाडि बढाइने जनाए । मन्त्री त्रिपाठीले भारत सरकारबाट उपहार प्राप्त कोरोनाविरुद्धको भ्याक्सिन आफूले कोरोना युद्धका फ्रन्ट लाइनरलाई सुम्पिने बताए।

नेपाल–भारतको खुला सिमाना भएकाले भारतका जनताले खोप लगाएर नेपालले लगाएन भने कोरोनाविरुद्धको लडाइँ भारत एक्लैले जित्न सक्दैन भन्दै उनले भारत सरकारले अघि बढाएको यो सहकार्यको प्रशंसा गरेका छन् ।

भारतीय राजदूत क्वात्राले भारत सरकारको ‘छिमेकी फस्ट’ भन्ने नीतिअनुसार नेपाललाई खोप सहयोग गरेको बताएका छन् । उनले पनि नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमणको समयमा गरिएको प्रतिबद्धताअनुसार नै खोप एक साताभित्रै नेपाललाई उपलब्ध गराएको बताए।

उक्त खोप अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोप भएको जानकारी गराइएको थियो । नेपाल समाचारपत्र दैनिकबाट

वि.सं.२०७७ माघ ९ शुक्रवार ०८:५३ मा प्रकाशित

You can share this post!

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४७

भैरहवा (रुपन्देही), ११ वैशाख : नेपाल भ्रमणमा आउन लाग्नुभएका कतारका...

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४२

काठमाडौँ, ११ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख...

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:०४

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुसको चेम्बर्स अफ...

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:५८

लस एन्जलस, ११ वैशाख  : अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले नोभेम्बरपछि...

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४५

काठमाडौँ, ११ वैशाख : काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा...

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४०

राँझा (बाँके), ११ वैशाख : नेपालगञ्ज नाकामा नवनिर्मित एकीकृत भन्सार...