नेप्सेमा इन्फिनिटी लघुवित्तको मुल्य समायोजन, कति तोक्यो ?

काठमाडौं । नेपाल स्टक एक्सेन्ज (नेप्से)मा इन्फिनिटी लघुवित्त वित्तीयको शेयर मूल्य समायोजन भएको छ ।

नेप्सेले लघुवित्तको १४.७५ प्रतिशत बोनस शेयर समायोजन गरी नयाँ मूल्य तोकेको छ । नेप्सेले बोनसपछि प्रतिकित्ता १ हजार ३४० रूपैयाँ समायोजित शेयरमूल्य निर्धारण गरेको हो ।

लघुवित्तको बिहीबार १ हजार ५३८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । सोही अन्तिम मूल्यका आधारमा बोनस समायोजन गरी नयाँ मूल्य तोकिएको हो ।

यसअनुसार शुक्रबार समायोजित भएको मूल्यलाई आधार मानेर लघुवित्तको आइतबार दोस्रो बजारमा शेयर कारोबार खुल्नेछ । लघुवित्तले लाभांश पारित गर्न माघ २४ गते वार्षिक साधारण सभा गर्ने भएको छ ।

शनिबार संस्थाको केन्द्रिय कार्यालय, गैँडाकोट नवलपुरमा बिहान ११ बजे चौथो वार्षिक साधारण सभा बोलाएको छ ।

२०७७ माघ ९ गते ०९:०२ मा प्रकाशित

You can share this post!

कर र राजस्व अब मोबाइलबाट

कर र राजस्व अब मोबाइलबाट

Related posts