back
NMB ad

राजनीतिक घटनाक्रमले आर्थिक सुधारमा प्रभाव पर्दैन : अर्थमन्त्री पौडेल

Kumari bank ad

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा पछिल्ला दिनमा विकसित राजनीतिक घटनाक्रमले आर्थिक सुधारकोे निरन्तरतामा नकारात्मक प्रभाव नपार्ने बताउनुभएको छ ।

प्रस्तावित ‘एक्सटेन्डेट क्रेडिट फ्यासिलिटि’ कार्यक्रमबारे अन्तरराष्ट्रिय मुद्रा कोषका कार्यकारी निर्देशक अलिसारा महासन्दना र मिसन प्रमुख लौरा इसाबेल जरमाइलो मेयरसँग श्रव्य दृश्यका माध्यमद्वारा आयोजित बैठकमा अर्थमन्त्री पौडेलले अहिलेको राजनीतिक घटनाक्रम संसदीय राजनीतिक प्रणालीको एउटा प्रक्रिया भएको बताउनुभयो ।

उहाँले नेपालमा विगतमा पनि मध्यावधि निर्वाचन भएकाले आर्थिक सुधार अवरोध हुन्छ कि भनी चिन्तित नहुन आग्रह गर्नुभयो । अर्थमन्त्री पौडेलले नेपाल सरकारका आर्थिक र सामाजिक क्षेत्रका नीति संविधानबाटै निर्देशित भएको उल्लेख गर्दै राजनीतिक विषयमा दलको छुट्टाछुट्टै मत र धारणा भए पनि समग्र आर्थिक तथा सामाजिक विकासमा सिङ्गो राष्ट्र र धारणालाई सरकारले प्रतिनिधित्व गरेको बताउनुभयो ।

अर्थमन्त्री पौडेलले एक्सटेन्डेट क्रेडिट फ्यासिलिटी कार्यक्रम कुनै व्यक्ति वा दल विशेषका लागि लक्षित नभई नेपालको समग्र आर्थिक विकाससँग सम्बन्धित विषय भएकाले निर्वाचनपछि गठन हुने सरकारले पनि कार्यान्वयनलाई निरन्तरता दिनेमा विश्वस्त हुन आग्रह गर्नुभयो ।

उहाँले एक्सटेन्डेट क्रेडिट फ्यासिलिटी कार्यक्रममा उल्लेखित विषया संरचनागत सुधार, स्रोत व्यवस्थापन, वित्तीय सङ्घीयता तथा वित्तीय सुशासनका लागि निकै महत्वपूर्ण र दीर्घकालीनरुपमा प्रभाव राख्ने प्रकृतिका रहेको बताउनुभयो ।

कोभिड १९ को प्रभावको कारण सिर्जना भएको असहज परिस्थितिबाट अर्थतन्त्रलाई जोगाउन सरकारले अङ्गीकार गरेको आर्थिक पुनरुत्थान तथा रोजगारी सिर्जनासम्बन्धी कार्यक्रमका लागि अझ समसामयिक भएको भन्दै अर्थमन्त्री पौडेलले प्रस्तावित संरचनागत सुधार कार्यक्रमले नेपालको अर्थतन्त्रको सुरक्षाका लागि महत्वपूर्ण योगदान गर्ने विश्वास लिएको धारणा व्यक्त गर्नुभयो ।

वि.सं.२०७७ माघ ९ शुक्रवार १०:०१ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...