मर्मतका लागि हिल्दुम जलविद्युत् आयोजना बन्द

हुम्ला । मर्मतका लागि हिल्दुम साना जलविद्युत् आयोजना बन्द हुने भएको छ । दैनिकजसो विद्युत् अपुग हुने र चुहावट हुँदै आएका कारण पुनःमर्मतका लागि विद्युत् आयोजना बन्द गर्न लागिएको हो ।

सदरमुकाम सिमकोट आसपासका गाउँ र खार्पुनाथ गाउँपालिकामा सेवा प्रवाह भएको विद्युत् एक दिनका लागि बन्दपश्चात् नियमित हुने हिल्दुम विद्युत् वितरण आयोजना कार्यालयका प्रमुख साजन ऐडीले बताउनुभयो । प्रमुख एडीले भन्नुभयो, “माघ १० गते शनिवार परेकाले सदरमुकाम अवस्थित कार्यालयलाई प्रभाव नपर्ने उद्देश्यका साथ हिल्दुम खोलामा रहेको पावरहाउस बन्द हुँदै छ ।”

सोही दिन बिहान ८ बजेदेखि कम्तीमा पनि दुईदेखि तीन घण्टासम्म मर्मत गर्न लाग्ने भएको ऐडीले बताउनुभयो । उहाँका अनुसार मर्मत भएपश्चात् सोहीदिन बेलुका उक्त विद्युत् पुनःसञ्चालनमा आउने छ ।

हाल सदरमुकाम सिमकोटमा दैनिक दिन कम्तीमा ११ घण्टा विद्युत् भार कटौती हुँदा सेवाग्राही मर्कामा पर्दै आएका छन् ।

२०७७ माघ ९ गते ११:३५ मा प्रकाशित

You can share this post!

लोकसेवा आयोगले भर्खरै सार्वजनिक गर्यो लिखित परीक्षाको नतिजा, क-कसको निस्कियो नाम ?

लोकसेवा आयोगले भर्खरै सार्वजनिक गर्यो लिखित परीक्षाको नतिजा, क-कसको निस्कियो नाम ?

Related posts