हट्यो लाइसेन्सको फारम भर्दा ‘कोटा सिस्टम’को तनाब

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिनका लागि फारम भर्ने कोटा प्रणाली हटाएको छ । शुक्रबारबाट जुनसुकै समयमा पनि सेवाग्राहीले फारम भर्न सक्नेछन् ।

सर्भरमा रहेको समस्या हटाएर परीक्षण गर्दा सफल नजिता आएपछि सातै दिन २४ सै घन्टा फारम भर्न सक्ने व्यवस्था गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।

आवेदन खुला भए पनि फारम भर्नेको संख्या अधिक भएकाले कोटा सिस्टम हुँदा अधिकांश सेवाग्राही फारम भर्नबाट बञ्चित थिए ।

फारम भरिसकेपछि त्यहाँ तोकिएको मितिमा यातायात कार्यालय जानु पर्नेछ। यातायात व्यवस्था विभागले गत पुस १० गते सूचना जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्यसम्बन्धी मापदण्डहरू पालन गर्ने व्यवस्था गरी १४ गतेदेखि आवदेन खुला गरेको थियो ।

२०७७ माघ ९ गते १४:२० मा प्रकाशित

You can share this post!

चार रुपैयाँमा चिउरा तरकारी !

चार रुपैयाँमा चिउरा तरकारी !

Related posts