back
NMB ad

सकियो एनसीसी बैंकको साधारणसभा, कति दिने भयो त लभांश ?

Kumari bank ad

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी बैंक)ले १०.२६ प्रतिशत बोनस शेयर र सो बोनस शेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि ०.५४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

आज बैंकको केन्द्रीय कार्यालय, बागबजारमा सम्पन्न भएका २३ औं साधारण सभाबाट उक्त प्रस्ताव पारित गरिएको हो । साथै, सभाबाट पारित भएको १०.२६ प्रतिशत बोनस शेयर पश्चात बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड ४५ लाख १६ हजार ६ सय ८० पुग्नेछ ।

बैंकले आर्थिक वर्ष २०७६/७७ मा ७९ अर्ब ६१ करोड ७० लाख निक्षेप परिचालन तथा ६७ अर्ब ८१ करोड ९४ लाख कर्जा प्रवाह गरी खुद नाफा १ अर्ब १० करोड ८४ लाख आर्जन गरेको छ ।

त्यस्तै बैंकले सभाबाट संस्थापक समुह “क” बाट तीन जना र सर्वसाधारण समुह “ख” बाट एक जना महिला सहित जम्मा छ जना सञ्चालकहरुको निर्विरोध रुपमा चयन पनि गरेको छ ।

साधारण सभा पश्चात बसेको सञ्चालकहरुको बैठकले उपेन्द्रकेशरी न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ । समुह “क”बाट सञ्चालकहरुमा मोहन बहादुर बस्नेत र ईमान सिंह लामा निर्वाचित भएका छन् भने समुह “ख” बाट चन्द्रप्रसाद बास्तोला, सुमन कुमारी जोशी र निशेष प्रधान निर्वाचित भएका छन् ।

वि.सं.२०७७ माघ ९ शुक्रवार १६:५६ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...