काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारणसभा फागुन ३ गते सोमबार हुने भएको छ । सभा होटल ¥याडिसन, लाजिम्पाट, काठमाडौंमा बिहान ११ बजेबाट हुने भएको छ ।
सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नेछ । आर्थिक वर्ष २०७५र७६ को आय व्यय हिसाव, नाफा/नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्नेछ ।
वि.सं.२०७७ माघ ११ आइतवार ०९:२६ मा प्रकाशित