काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएको छ ।
राष्ट्र बैंकले कम्पनीलाई १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्न स्वीकृती दिएको छ । यो लाभांश कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।
वि.सं.२०७७ माघ ११ आइतवार ११:४३ मा प्रकाशित