back
NMB ad

कुम्भेश्वर मन्दिर पुनर्निर्माण चार तला सम्पन्न

Kumari bank ad

ललितपुर । पाटन दरबार क्षेत्रबाट केहीपर उत्तरमा रहेको कुम्भेश्वर महादेव मन्दिर पुनर्निर्माण र जीर्णोद्धार कार्य चार तला सम्पन्न भएको छ ।

गोरखा भूकम्पले सो पाँच तले मन्दिरको तीन तला भत्काउनुका साथै दुई तला जीर्ण बनाइएको थियो । मन्दिरमाथि टुप्पोबाट काम गर्दै आउँदा तीन तला पुनर्निर्माण र एक तला जीर्णोद्धार सकिएको धर्मेश तुलसी ड्रामा जेभिका प्रतिनिधि दिनेश श्रेष्ठले बताएका छन् ।

उनले भने, “अब मुनिको एक तला जीर्णोद्धार गर्न बाँकी छ, मन्दिरमा प्रयोग गर्नुपर्ने केही काठ अपुग रहँदा तत्काल पाए यस महिनाभित्र मन्दिर निर्माण सम्पन्न हुन्छ ।” मन्दिर निर्माणको ठेक्का जेभीले भ्याटसहित दुई करोड ८५ लाखमा लिएको श्रेष्ठले जानकारी गराए ।

“विसं २०७३ असारदेखि मन्दिर निर्माणको कुरा अघि बढे पनि विभिन्न समस्याका कारण गत वर्ष २०७६ मङ्सिर महिनादेखि मात्र काम शुरु गरेका थियौँ” उनले थपे “लगभग १० महिनाअघि आएको कोरोना महामारीले पुनः अर्को पटक काममा बाधा पु¥याउँदा केही समय ढिलो हुन गए पनि हाल धमाधम काम भइरहेको छ ।”

मन्दिरको चार तला छतमा तामा हाल्ने काम सकिएको तुलाधर हैंडीकाफ्टका मिस्त्री श्याम तुलाधरले बताए । उनले भने, “हामीले मन्दिरको छतमा २० गेज मोटाइको तामा हाल्नुका साथै पट्टामा भने १६ गेजको तामा हालिरहेका छौं, मन्दिरको सबैभन्दा मुनि तलामा तामा हाल्न बाँकी छ ।”

बजारमा नेपाली अग्राखको काठ पाए छिट्टै मन्दिरको काम अघि बढ्नुका साथै त्यसको दुई हप्ताभित्रमा तामा पनि हाली सकिने तुलाधरले जानकारी गराए ।

पुरातत्व विभागसँग मन्दिर निर्माणको ठेक्का लिँदा सुनको जलप लगाउने सम्झौता नभएकाले विगतको सुन गजुरमा लगाउने र माथिल्लो तलमा सुन लेपन गर्न दाता खोजेर जोहो गर्नुपर्ने भएको मन्दिरका मूल पुजारी माधवश्याम शर्माले बताए ।

उनले भने, “महादेव मन्दिर पुनरनिर्माण र जीर्णोद्धार भइरहँदा केही सामग्री खसेर भक्तजनलाई चोट लाग्ला भन्ने डरका कारण बिहीवारबाहेक अन्य दिन मन्दिरको मूल ढोका बन्द गरिन्छ, हरेक वर्ष कात्तिक शुक्ल अष्टमी अर्थात् गोपाल अष्टमीका दिन सर्वेश्वर महादेवलाई बुद्धको मुकुट पहिराइन्छ, सो दिन आराध्येदेव पशुपतिनाथलाई पनि बुद्धको मुकुट पहिराउने भएकाले सबै शिवजीले बुद्धको रुप धारण गर्नुका साथै हरेक शिवरात्रीका दिन सबै बुद्धले शिवको रुप पनि धारण गर्छन् ।” महादेव मन्दिरमा हरेक सोमवार, साउनको सोमवार, बालाचतुदर्शी, शिवरात्री र अक्षय तृतीयाका दिन ठूलो मेला लाग्ने शर्माले जानकारी गराए ।

मुलुकमा कोभिड महामारी आउनुअघि सातै दिन जुनसुकै समय भक्तजनले कुम्भेश्वरका साथै बङ्गलामुखी देवीको दर्शन गर्न पाउँथे । अगस्त्य ऋषिले कुम्भ अर्थात कलशमा महादेवको आव्हान गरेर उत्पति भएकाले कुम्भेश्वर महादेव भनिएको हो ।

सो महादेव मन्दिरभित्र कुम्भेश्वर र सर्वेश्वर महादेवका दुई मूर्ति छन् । सजिलैसँग दर्शन गर्न सकिने देखिरहेको महादेव सर्वेश्वर महादेव हो । सर्वेश्वर महादेवलाई मृत्युञ्जय महादेव पनि भनिन्छ ।

स्वस्थानीमा वर्णन भएका ६४ शिवलिङ्गमध्ये सर्वेश्वर महादेव पनि एक हुन् । मार्कण्डे ऋषिले सर्वेश्वर महादेवको आरधना गरी आफ्नो छोटो आयुलाई अष्ट चिरञ्जीवी प्राप्त गरेको कुरा पुराण आदिमा उल्लेख छ ।

सर्वेश्वर महादेव आरधना गरेको खण्डमा रोगव्याधि निको भई दीर्घायु प्राप्त हुने विश्वास हिन्दूका साथै बौद्ध धर्मावलम्बीमा छ । त्रेतायुगमा किराँती राजकुमारी कुष्ठ रोग भएर दरबारबाट निकाला भएपछि कुम्भेश्वरको पानीले दैनिक स्नान गरी महादेव अनि देवीलाई पूजाआरधना गर्दै जाँदा दिव्य रुप भएको र राजाले घर जान आग्रह गर्दा अस्वीकार गरेपछि एक तलाको मन्दिर बनाइदिएको कथन छ ।

कुम्भेश्वरमा गोसाइँकुण्डबाट जल आउँछ भन्ने मान्यता रहँदा साउन शुक्ल पूर्णिमा अर्थात जनैपूर्णिमाका दिन ठूलो मेला लाग्ने गर्छ । सनातन हिन्दू र बौद्ध धर्म मान्ने भक्तजनले कुम्भेश्वरलाई बज्रपानी लोकेश्वर भनेर पुज्ने गर्छन् । पाटनका राजा जयस्थिति मल्लले १४औं शताब्दीमा कुम्भेश्वर महादेव मन्दिर बनाएका थिए ।

त्यसैगरी सो महादेव मन्दिरको काखमा बङ्लामुखीदेवीको मन्दिर पनि छ । बङ्गलामुखीलाई दशमहाविद्यामध्ये एक विद्याको मालिकका साथै शत्रुलाई पराजय गर्ने शक्तिका रुपमा पुजिने गरिन्छ ।

बङ्गलामुखीको जन्मवार मंगलवार भए पनि मानिसको जीवनमा वृहस्पति प्रवल भयो भने कुनै पनि शङ्कल्प या मनोकामना सिद्ध हुन्छ भन्ने विश्वासका साथ उनलाई विशेष बिहीवार पूज्ने गरिन्छ ।

बङ्गलामुखी ललितपुर शहर बस्नुभन्दा अघि तान्त्रिक विधिले साधना गरेर राखिएको देवी हुन् । यदि कुनै मानिसले बाध्यताका साथ आफ्ना कुलदेवता मान्न नपाउँदा र बङ्गलामुखीलाई ग्रह वृहस्पतिको अंशको रुपमा मान्दा कुलदेवता प्रशन्न हुने पुजारी शर्माले जानकारी गराए ।

वि.सं.२०७७ माघ ११ आइतवार १५:२० मा प्रकाशित

You can share this post!

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४५

काठमाडौँ : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको...

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४१

काठमाडौँ : सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)...

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३६

काठमाडौँ : सरकारले सहकारी क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी...

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३०

 भक्तपुर, १३ वैशाख : कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ...

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:२२

काठमाडौँ, १४ वैशाख :हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...