back
NMB ad

फस्टाउँदै माछापालन व्यवसाय : ६ महिनामा ६ अर्ब बराबरको कारोबार

Kumari bank ad

बीरगंज । बारा जिल्लालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपर जोन अन्तर्गत माछा जोन क्षेत्र घोषणा गरिएपछि अहिले जिल्लामा माछा पालन व्यवसाय फस्टाएको छ ।

चालु आर्थिक वर्षको ६ महिनामा बारा जिल्लामा ६ अर्ब बराबरको माछाको कारोबार भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपर जोन माछा बाराका प्रमुख डा. सुरेन्द्र यादवले बताउनुभयो ।

बाराका किसानहरूले माछा उत्पादनबाट राम्रो आम्दानी गर्न थालेपछि माछा पालन व्यवसाय फस्टाउँदै गएको यादवले बताउनुभयो । जिल्लामा रहेका दुई हजार ५ सय हेक्टर क्षेत्रफलको पोखरीबाट बर्सेनि ३० हजार मेट्रिक टन माछाको उत्पादन हुने गरेको उहाँले बताउनुभयो ।

तीमध्ये एक हजार ७ सय हेक्टर क्षेत्रफल पकेट क्षेत्रका माछा पोखरी रहेका छन् । बारामा उत्पादित ९० प्रतिशत माछा बीरगंज, हेटौँडा, नारायणघाट, काठमाडौँ लगायतका क्षेत्रमा आपूर्ति हुने गरेको तथा हाल भारतको विहारमा समेत वाराबाट २० देखि २५ प्रतिशत जिउँदो माछा जाने गरेको किसानहरूले बताएका छन् ।

जिउँदो माछा लिन व्यवसायीहरू पोखरीमै आउने गरेको र बजारको कुनै समस्या नरहेको किसानहरूले बताएका छन् ।

माछा पालनका लागि बारामा आवश्यक पूर्वाधारसँगै पानीको श्रोत सुहाउँदो माटो र न्यानो हावापानी भएकाले माछा पालक किसानहरू वर्षमा तीन पटकसम्म माछा बिक्री गर्ने गरेकाले अन्य कृषि व्यवसाय भन्दा माछा पालन व्यवसाय नै बारामा आम्दानीको मुख्य श्रोत बन्दै गएको मत्स्य पालक किसानहरूले बताएका छन् ।

वि.सं.२०७७ माघ ११ आइतवार १६:२८ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...