back
NMB ad

साढे ५१ प्रतिशतले बढ्यो कुमारी बैंकको नाफा, ६ महिनामा कमायो १ अर्ब २१ करोड

Kumari bank ad

काठमाडौं । कुमारी बैंकको नाफा साढे ५१ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले १ अर्ब २१ करोड ६५ लाख रुपैयाँ खुदनाफा गरेको छ ।

गत वर्षको सोही अवधिमा कुमारीले ८० करोड ३० लाख रुपैयाँ मात्र खुदनाफा गरेको थियो । गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा बैंकले ४१ करोड ३५ लाख रुपैयाँ नाफा बढाएको सोमबार सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।

खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेपछि यसको सकरात्मक असर नाफामा परेको हो । नाफाबाट सेयरधनीलाई ६३ करोड ७५ लाख रुपैयाँ वितरण गर्न देखिएको छ ।

समीक्षा अवधिमा बैंकको खुदब्याज आम्दानी ३७ प्रतिशतले बढेर २ अर्ब ४९ करोड ७७ लाख रुपैयाँ पुगेको छ। बैंकको सञ्चालन नाफा ५३.४७ प्रतिशतले बढेर १ अर्ब ७४ करोड ५ लाख रुपैयाँ पुगेको छ।

खुद नाफासँगै बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ८३ पैसा रहेकोमा बढेर १७ रुपैयाँ ५३ पैसा पुगेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ८२ पैसा छ

बैंकको निष्क्रिय कर्जा १.०६, आधारदर ७.९२, निक्षेप लागत ५.८२, स्प्रेडदर ३.५८ र सीसीडी रेसियो ७६ प्रतिशत रहेको छ। बैंकको चुक्तापुँजी १३ अर्ब ८७ करोड ८४ लाख रुपैयाँ छ ।

बैंकको जगेडा कोषमा ३ अर्ब ५० करोड रुपैयाँ छ । पुससम्म बैंकले १ खर्ब २२ अर्ब ७२ करोड रुपैयाँ निक्षेप परिचालन गरी १ खर्ब १४ अर्ब ७३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

वि.सं.२०७७ माघ १२ सोमवार ०८:५५ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...