काठमाडौं । साताको दोस्रो दिन पनि नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ । आज सुनको मुल्य प्रतितोलामा २ सय रुपैयाँले घटेको हो ।
अघिल्लो दिन सुनको मुल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मुल्य आज प्रतितोला ९२ हजार ४ सय कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, तेजावी सुनको मुल्य प्रति तोलाको रु ९१ हजार ९ सय रुपैयाँ कायम गरिएको छ । त्यस्तै चाँदीको मुल्य भने प्रति तोला रु १२ सय ६० रुपैयाँमा कोरबार भइरहेको महासंघले जनाएको छ ।
वि.सं.२०७७ माघ १२ सोमवार ११:१४ मा प्रकाशित