back
NMB ad

कति पाउला चन्द्रागिरी हिल्सले ओपनिङ रेन्ज ? यस्तो आयो संकेत !

Kumari bank ad

काठमाडौं । आम सर्वसाधारणका लागि निष्कासन भएको चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकरण भएर दोस्रो बजारमा कतिमा कारोबार होला आम जिज्ञाशा रहेको छ ।

प्राय कम्पनीहरुको आईपीओ बाँडफाँड भएको एक साताभित्रै नेप्सेमा सूचीकृत भई दोस्रो बजारमा कारोबार हुँदै आएको भए पनि चन्द्रागिरीको ढिला हुने देखिएको छ ।

गत शुक्रबारमात्रै आईपीओ बाँडफाँड भएको चन्द्रागिरी हिल्सको शेयर नेप्सेमा सूचीकरण हुन भने अझै थप केही समय लाग्ने देखिएको छ । नेप्सेमा सूचीकरण भएको खण्डमा दोस्रो बजारमा पहिलोपटक कारोबारका लागि नेप्सेले प्रतिकित्ता न्यूनतम रु.९६.६९ देखि रु. २९०.०७ सम्म ओपनिङ रेन्ज तोक्नेछ ।

चन्द्रागिरी हिल्सले गत पुस २४ गतेदेखि २८ गतेसम्म दोस्रो चरणमा सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका १५ लाख ३४ हजार ०९१ कित्ता शेयरको सार्वजनिक निष्कासन गरेको थियो ।

कुल कित्तामध्ये ४ प्रतिशतले हुन आउने ६१ हजार ३६४ कित्ता शेयर कर्मचारीका लागि, ५ प्रतिशतले हुन आउने ७६ हजार ७०५ कित्ता सेयर सामूहिक लगानी कोषमा बाँडफाँट भएको थियो ।

यो कम्पनीले सर्वसाधारणका लागि भने १३ लाख ९६ हजार २२ कित्ता आइपीओ निष्कासन गरेको थियो ।आइपीओमा १२ लाख ५१ हजार १० आवेदकले २ करोड ४४ लाख ७४ हजार ५३० कित्ताका लागि आवेदन दिएका थिए।

जसमध्ये ३९ हजार ८९५ जनाको आवेदन बदर भएको थियो । यस आधारमा १ लाख ३९ हजार ६०० जना आवेदकले १० कित्ताका दरले र २ भाग्यमानीले ११ कित्ताको दरले सेयर पाएका छन् ।

वि.सं.२०७७ माघ १३ मंगलवार ०९:२० मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...