back
NMB ad

खोटाङमा निजी आवास पुनर्निर्माणको काम ७५ प्रतिशत सकियो

Kumari bank ad

खोटाङ । दश स्थानीय तह रहेको खोटाङ जिल्लामा निजी आवास पुनर्निर्माणको काम ७५ दशमलव शून्य ८ प्रतिशत मात्र सम्पन्न भएको पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ ।

नेपालमा भूकम्प गएको पाँच वर्षपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सोमवार खोटाङको दिक्तेल बजारमा आयोजना गरेको निजी आवास पुनर्निर्माणसम्बन्धी जिल्लास्तरीय अन्तक्रिया कार्यक्रममा प्राधिकरणले यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।

विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षतिग्रस्त नौ हजार ३१० लाभग्राहीमध्ये सात हजार ३९८ घर लाभग्राहीले पुनर्निर्माणको काम सम्पन्न गरेर तेस्रो किस्तासमेत लिएको जानकारी दिइएको छ ।

पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ खोटाङका अनुसार २४२ घर लाभग्राहीले अहिलेसम्म आफ्नो निजी आवास पुनर्निर्माणका लागि सम्झौता नै नगरेको जानकारी दिइएको छ ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा आठ हजार ६० लाभग्राहीले दोस्रो किस्ता लिएको पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ खोटाङका प्रमुख घनश्याम उपाध्यायले बताए । ‘दोस्रो किस्ता बुझ्ने अधिकांश लाभग्राहीले आफ्नो घर पुनर्निर्माणको काम सम्पन्न गरिसकेका छन्’, उनले भने, ‘पुनर्निर्माणको काम सकेका लाभग्राहीलाई तेस्रो किस्तासमेत दिने काम भइरहेको छ ।’

अन्तक्रिया कार्यक्रममा झुटो विवरण पेश गरेर सम्झौता गरी पहिलो किस्ता बुझ्ने एक जनाबाट रकम फिर्ता तथा दोहोरो भुक्तानी लिने तीन लाभग्राहीबाट रकम असुल गरिएको जानकारी दिइएको छ ।

यस्तै भूमिहीनलाई जग्गा खरीद गर्न उपलब्ध गराइने रू. दुई लाखका लागि जिल्लाभरमा पाँच जना पहिचान भएकामा चार जनाले उक्त रकम बुझेको र बाँकी एक जनासँग पनि सम्झौताको काम सम्पन्न गरिएको कार्यान्वयन एकाइका सूचना अधिकारी मणिराम ढकालले जानकारी दिनुभएको छ ।

पुनर्निर्माण प्रबलीकरणतर्फ ९७१ घर लाभग्राही छनोट भएकामध्ये ७८५ घरले सम्झौता गरेर काम थालेको र १८६ घरले सम्झौता नै नगरेको जानकारी दिइएको छ । सम्झौता नगर्नेमा अधिकांश जिल्ला छाडेर बाहिर घर बनाएर बसेका तथा कतिपय लाभग्राहीको मृत्युसमेत भएको पाइएको प्राधिकरणले जानकारी दिएको छ ।

अन्तक्रिया कार्यक्रममा सहभागी वक्ताले कतिपय ठाउँमा नक्कली लाभग्राही बनेर अनुदान लिएको र वास्तविक लाभग्राहीले अहिलेसम्म अनुदान नपाएको गुनासो गरेका छन् ।

प्राधिकरणले उपलब्ध गराउने रातो कार्ड प्राप्त व्यक्तिले समेत अहिलेसम्म अनुदान नपाएको रावाबेँसी गाउँपालिका प्रमुख लीलानाथ निरौलाले बताए ।

जिल्लास्थित सम्पूर्ण स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालासँग गरिएको अन्तक्रियामा दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख भूपेन्द्र राईले प्राधिकरणको लापरवाहीका कारण पुनर्निर्माणको कामले गति लिन नसकेको बताए । ‘प्राधिकरणका कर्मचारी खोज्दाखोज्दै भूकम्प गएको पाँच वर्ष बित्यो’, उनले भने, ‘यसप्रति सम्बन्धित निकायको बेलैमा ध्यान जानुपर्यो । अन्यथा पुनर्निर्माणसम्बन्धी प्रभावकारी काम हुने छैन ।’

पुनर्निर्माण प्राधिकरणकै लगानीमा कालोपत्रको काम थालिएको दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकको कामसमेत गुणस्तरहीन भएको गाउँपालिका प्रमुख राईले बताए ।

याक्थुम्हाङरसापरसिरुवा जेभीले रू. २१ करोड एक लाख ८८ हजार १५३ मा कालोपत्रको जिम्मा लिएको उक्त सडक १० दशमलव ९७४ किलोमिटर लामो छ ।

विसं २०७६ चैत ७ गते सम्पन्न गर्नुपर्ने उक्त सडक कालोपत्रको काम ठेकेदार कम्पनीको लापरवाहीले सम्पन्न नभएपछि पुनः एक वर्षका लागि समय थप गरिएको छ ।

सगरमाथा राजमार्ग हुँदै तराईका जिल्ला जोड्ने उक्त सडक कालोपत्रको काम करीब ४५ प्रतिशत मात्र सम्पन्न भएको प्राधिकरणले जानकारी दिएको छ ।

वि.सं.२०७७ माघ १३ मंगलवार ०९:२४ मा प्रकाशित

You can share this post!

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:४७

काठमाडौं । आज चैत १६ गते शुक्रबार सुनको मूल्यमा वृद्धि...

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...