काठमाडौं । शेयर बाजरको इतिहासमै अहिलेसम्ममकै ठूलो परिमाणमा निष्काशन गरिएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को आईपीओ शनिबारसम्म बाँडफाँट हुने भएको छ ।
आगामी शुक्रबार नै बाँडफाँट गर्ने गरी आवश्यक तयारी भइरहेको र त्यसदिन नभ्याए शनिबार बाँडफाँट गर्ने एनआइबीएल एस क्यापिटलले जनाएको छ ।
इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता सेयर मध्ये १ लाख ६० हजार कित्ता सेयर निष्कासन गरेको थियो । त्यसमध्ये कर्मचारीका लागि र ४ लाख कित्ता म्यूचअल फण्डका लागि राखेर बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।
सो आईपीओका लागि १५ लाख २९ हजार ४६० जना आवेदकले १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताको लागि १८ अर्ब १२ करोड ८६ लाख ७२ हजार रुपैयाँको आवेदन दिएका छन् । यो कम्पनीले मागेको आईपीओ भन्दा २.३९ गुणा धेरै हो ।
अहिले कति आवेदन रितपूर्वक परेको छ भन्ने गणना भइरहेकोले औषतमा औसतमा एकजनालाई ५० कित्ता सेयर पर्ने देखिएको छ ।
वि.सं.२०७७ माघ १३ मंगलवार ११:५९ मा प्रकाशित