काठमाडौं । मंगलवार कारोबार भएको पहिलो घण्टामा नेप्से परिसूचक ४ दशमलव ७७ अंकले घटेर २ हजार ४३६ दशमलव १० विन्दुमा पुगेको छ ।
२ हजार ४६१ दशमलव ४३ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा शून्य दशमलव २० प्रतिशतले घटेको हो । कारोबारको पहिलो घण्टामा प्रभु लाइफ इन्स्योरेन्स शेयरमूल्य सर्वाधिक ९ दशमलव ९४ प्रतिशतले बढेको छ ।
पहिलो घण्टाको अवधिमा १९५ ओटा कम्पनीको १७ हजार २५६ पटकको कारोबारमा ४० लाख ९९ हजार ४६५ कित्ता शेयरको रू. २ अर्ब १५ करोड ७५ लाख बराबरको खरीदविक्री भएको छ ।
वि.सं.२०७७ माघ १३ मंगलवार १२:१० मा प्रकाशित