back
NMB ad

बागलुङमा ६८ प्रतिशत निजी आवास पुनर्निर्माण

Kumari bank ad

बागलुङ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत बागलुङका ६८ प्रतिशत निजी आवास पुनर्निर्माण भएका छन् । प्राधिकरणले अझै ५०० घर निर्माण गर्न बाँकी रहेको जनाइएको छ ।

जिल्ला आयोजनाका निमित्त प्रमुख रेणुका पाण्डेले २४४ घर निर्माणाधीन भएको, ५७ घरले किस्ता नलगेको र २०१ घर लाभग्राहीबाट स्वतः बाहिर परिसकेको जानकारी दिए ।

बागलुङ नगरपालिकामा सबैभन्दा थोरै ५९ प्रतिशत लाभग्राहीले घर बनाएका छन् भने अन्यमा क्रमशः बढी घर बनेको बताइएको छ । जैमिनी नगरपालिकामा ७८, गलकोटमा ६५ र ढोरपाटन नगरपालिकमा ६१ प्रतिशतले घर बनाएका हुन् ।

गाउँपालिकातर्फ काठेखोलामा ७४, बरेङमा ६२, निसीखोलामा ६७, तमानखोलामा ८४, बडिगाड गाउँपालिकामा ५९ र ताराखोला गाउँपालिकामा ७१ प्रतिशत लाभग्राहीले घर बनाएको तथ्याङ्क छ । अहिलेसम्म एकवटा घरले मात्रै बनाउन नसक्ने भनेर पहिलो किस्ता लगे पनि फिर्ता गरेका छन् ।

प्राधिकरणले ५ वर्षको अवधिमा दुईवटा पक्की पुल निर्माण गरिरहेको, झण्डै १० किमी सडक निर्माण गरेको र झण्डै २०० विद्यालय निर्माण गरिसक्न लागेकोसमेत उनले बताए ।

यस अवधिमा दुईवटा स्वास्थ्य चौकीसमेत निर्माण गरेको हो । प्राधिकरणमार्फत विद्यालय हेर्ने शिक्षा, भवन हेर्ने र समग्रता हेर्ने गरी तीन प्रकारका कार्यालय भएकाले काम गर्ने तल्लो तहका प्राविधिक र लाभग्राहीले भने समयमा काम लिन कठिन भएको कतिपयले गुनासो गरेका थिए ।

प्राधिकरणका सहसचिव गोपालप्रसाद अर्यालले जिल्ला तहबाट सम्बोधन गर्न छुटेका साना कुराले प्राधिकरणसम्म गुनासो आएको जानकारी दिए । उनले जिल्ला तहमा गुनासो नआउने गरी काम गर्न पनि आग्रह गरे । कतिपय विषय भने केन्द्रीय तहबाट निर्णय भएर आएपछि मात्रै काम गर्नुपर्दा ढिला भएको पनि उनले बताए ।

बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले काम राम्रो भए पनि अझै प्रभावकारी बनाउने, जनतालाई समयमा आवास सक्ने वातावरण बनाउने र ग्रामीण परिवेशअनुसार छाउने वा बनाउने प्रकृतिलाई प्राविधिकले छुट दिएर अगाडि गएमा सफलताको प्रतिशत बढ्ने बताए ।

कतिपय स्थानमा ढुङ्गाले छाना छाएकाले प्रगति नदेखिएको भन्नेमा ढुङ्गा स्थानीय सामग्री भएकाले त्यसको व्यवथापनमा प्राधिकरणले ध्यान दिनुपर्नेसमेत उनको जोड छ ।

पाँच वर्ष सकिएर पनि प्राधिकरणले अझै एक वर्ष म्याद थपेर पुनर्निर्माणको काम गरिरहेको छ । जिल्लामा पनि यही माघ मसान्तभित्र पहिलो किस्ता लैजानेले मात्रै लाभग्राहीमा सूचीकृत भएर घर बनाउन पाउने प्रावधान बनेको छ । माघ मसान्त कटेपछि लाभग्राहीले रकम लैजान नपाउने व्यवस्था छ ।

वि.सं.२०७७ माघ १३ मंगलवार १४:२९ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...