back
NMB ad

कुमारी बैंकको ‘कुमारी स्मार्ट’ मा रिफन्ड योजना, यस्ता छन् आकर्षक सुविधाहरु

Kumari bank ad

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई लक्षित गदै डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन दिने उद्देश्यले आकर्षक इन्सेन्टिभ योजनाको थालनी गरेको छ ।

उक्त योजनाअन्तर्गत पुस १ गतेपछि कुमारी बैंकको मोबाइल एप्लिकेसन ‘कुमारी स्मार्टमा’ रजिष्टर भएका ग्राहकहरुले वार्षिक मोबाइल रजिस्ट्रेसन शुल्कमा एक सय रुपैयाँ फिर्ता पाउनेछन् ।

उक्त रकम फिर्ता पाउन ग्राहकले रजिस्ट्रेसन गरेको मितिदेखि ३ महिना भित्रमा कुमारी स्मार्ट मार्फत दुई हजारसम्मको कारोबार गरेको हुनु पर्नेछ ।

उक्त कारोबारमा कुमारी स्मार्टमार्फत गरिएका हरेक क्यू आर भुक्तानी, टपअप तथा पानी, बिजुली, इन्टरनेट, टिभी भुक्तानीलगायत स्कुल तथा कलेजका फी तथा मर्चेन्टको बिल भुक्तानी समेत समावेश गरिएको छ । यो योजना सिमीत अवधिको लागि मात्र रहने बैंकले जनाएको छ ।

उक्त रिफन्ड योजनाले सेवाग्राहीहरुमा डिजिटल भुक्तानी प्रणालीतर्फ उत्साह जगाउने र डिजिटल प्रविधिको अधिकतम् प्रयोगतर्फ डो¥याउने कुरामा बैंक विश्वस्त छ ।

विगत २० वर्षदेखि निरन्तर आधुनिक बैंकिङ सेवा सुविधाहरु दिँदै आएको कुमारी बैंकले डिजीटलीकरणलाई आत्मसाथ गर्दै आगामी दिनहरुमा आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १५६ एटिएम लगायत २३ शाखारहित बैंकिङ ईकाईहरुमार्फत तप द्रूत गतिमा प्रभावकारी बैंकिङ सेवा सुविधाहरु पु¥याउँदै जाने प्रतिबद्धता गरेको छ ।

वि.सं.२०७७ माघ १४ बुधवार १२:२५ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...