काठमाडौं । नेपाल बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. १ अर्ब ३५ करोड ४ लाख २३ हजार खुद नाफा गरेको छ ।
बैंकले बुधवार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत वर्षको यसै अवधिको तुलनामा यो नाफा शून्य दशमलव १५ प्रतिशतले बढेको हो । गत वर्ष बैंकले रू. १ अर्ब ३५ करोड २३ लाख ९६ हजार खुद नाफा गरेको थियो ।
यो अवधिसम्म बैंकको वितरणयोग्य नाफा भने रू. ६७ करोड ८२ लाख ५ हजार छ । सञ्चालन मुनाफा भने गत वर्षभन्दा करीब १८ प्रतिशत वृद्धि भएको छ । गत वर्ष रू. १ अर्ब ७३ करोड ४६ लाख ४१ हजार सञ्चालन मुनाफा गरेको बैंकले यस वर्ष रू. २ अर्ब ४ करोड ६२ लाख २२ हजार गरेको हो ।
वि.सं.२०७७ माघ १४ बुधवार १३:१९ मा प्रकाशित