back
NMB ad

तीन दशकको अन्तरालमा ३ किसिमका उत्पादन

Kumari bank ad

कास्की । तीन दशकअघि पोखरा महानगरपालिका–३३ बाघमारामा मास र पिँडालुको राम्रो खेती हुन्थ्यो । यहाँको मास र पिँडालु छिमेकी स्याङ्जा तनहुँ, गोरखा, लम्जुङ, पर्वत, बाग्लुङ आदि जिल्ला पनि पुग्थ्यो ।

समयले कोल्टे फेरेसँगै यहाँका कृषिजन्य उत्पादनमा परिवर्तन आएको छ । मास र पिँडालु छोडेर गोलेभेँडा खेतीमा लागेका यहाँका कृषकले डेढ दशकसम्म पाखामा सुन्तला र पाटनमा गोलभेँडा खेतीबाट राम्रो आम्दानी गरे ।

यहाँको सुन्तला र गोलभेँडा नेपालका प्रमुख शहर चितवन, काठमाडौंलगायत स्थानमा पुग्यो । छुट्टै पहिचान बनेको गोलभेँडा खेती कम हुन थालेसँगै दशकयता यहाँका कृषक गाईभैँसीपालनसँगै लहरे तरकारी खेतीतर्फ आकर्षित छन् ।

शहरीकरणसँगै मुलुकका अधिकांश स्थानमा कृषिको महत्व बढेको बेला यहाँ पनि व्यावसायिक कृषिका क्रियाकलाप बढिरहेको यहाँका आचार्य गाई फार्म तथा अर्ग्यानिक कृषि फार्म सञ्चालक ठाकुरप्रसाद आचार्य बताउछन् ।

यहाँ तीन दशकदेखि व्यावसायिक कृषि कार्य भएको बताउँदै उनले यस समयावधिमा भएका खेती एकपछि अर्को गर्दै परिवर्तन भइरहेको बताउछन् । व्यावसायिकतासँगै दूध उत्पादनमा अग्रणी बाघमारा अहिले तरकारी खेतीतर्फ लम्किरहेको उनले बताए । दूधको राम्रो उत्पादन हुने भएसँगै अहिले यो स्थल दूधको केन्द्र बनेको छ ।

बाघमाराबाट २०५० सालमा दुग्ध विकास संस्थानलाई दूध सङ्कलन गरी बिक्री थालिएपछि सो क्षेत्रमा गाईपाल र कृषिको व्यावसायिकीकरण बढेको कृषक खगेन्द्र अधिकारी बताउछन् ।

त्यस समयदेखि नै दुग्ध व्यवसायलेमा व्यावसायिकता भित्रिएको उनको भनाइ छ । उनले तत्कालीन समयमा यहाँबाट अधिकतम १६० लिटरसम्म दूध दुग्ध विकास संस्थानलाई दिने गरेको सुनाए ।

शुरुमा दुग्ध विकास संस्थानले दूध लैजाने गरेकामा २०६१ भदौदेखि निजी पन्थी डेरीले दूध सङ्कलन थाल्यो । निजी डेरीको प्रवेशसँगै यहाँ गाईपालनको वातावरण बढेको हो ।

शुरुमा २०५०(५१ सालतिर तालचोकसम्म दूध पु¥याउनुपर्नेमा यातायातको सुविधासँगै २०६१ पछि पुल्चोक दूध सङ्कलन केन्द्रका बन्यो । केही वर्षयता चिरगादीमा पक्की पुल बन्यो ।

दोभिल्ला हुँदै सवारीसाधन आवतजावत गर्न थालेपछि यहाँको दूध बजारमा पु¥याउन सहज भयो । बाघमाराको भगवती चौताराबाट प्रत्येक आधा घण्टामा पुल्चोक पटनेरीबाट भण्डारढिक, तालचोक हुँदै पोखरा जाने लेखनाथका बसका साथै तिक्लाङबाट बरेलीचोक, कालिकास्थान, छुचीको गौंडा, महतगौडा हुँदै पोखरासम्म महानगरका बस सञ्चालन भएपछि कृषि उत्पादन शहर पुग्न सहज भयो । कृषिउत्पादन घरबाटै बिक्री हुन थालेपछि यसको व्यावसायिकतामा योगदान पुगेको कृषकको भनाइ छ ।

बाघमाराको दूधको बजारमा बढ्दो मागसाथै अहिले स्थानीय युवा यसतर्फ आकर्षित भएको चिरगादी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष विश्वेश्वर हरामी बताउछन् । “दूध उत्पादनप्रतिको आकर्षणले तीनताका यसको विकास गर्न संस्थागत प्रयास आवश्यक छ भन्ने सोचले २०६३ सालमा सहकारी स्थापना गरियो”, उनले भने । हाल भरतपोखरीबाट दैनिक पाँच हजार ५०० लिटर बढी दूध बजारमा पठाउने उनको भनाइ छ ।

व्यावसायिक कृषिमा आकर्षण बढे पनि कृषकले राज्यबाट पाउनुपर्ने सेवासुविधा पाउन नसकेको कृषि फार्मका सञ्चालक आचार्यको भनाइ छ । कोरोनाको महामारीसँगै आफू जस्ता धेरै व्यवसायी कृषक मारमा परे ।

आचार्यले महामारीले गाईवस्तुलाई खाद्यान्न अभाव, महँगो ढुवानीलगायत कारणले २० लाख क्षति व्यहोर्नुपरेको बताए । “कोरोनाको प्रभाव र यस बर्सातको बाढीले नोक्सानी थपियो”, उनले भने, “फार्ममा बाढी पस्दा पाँच लाखको नोक्सानी भयो, राज्यबाट कृषकले राहत पाउनुपर्ने भए पनि पाइएन ।” बाघमारामा आठ दूध सङ्कलन केन्द्र छन् ।

स्थानीय सक्रियतामा गठित बृहत्तर गाईपालन समितिमा ५०० सदस्य छन् । अन्य पेशामा आबद्ध युवा वैकल्पिकरुपमा व्यावसायिक कृषिलाई जोड दिँदै आएका छन् । तरकारी खेती, बङ्गुरपालन, कुखरापालन, बाख्रापालन आदिले पनि व्यावसायिक रुप लिँदै गएको छ ।

समयको परिवर्तनसँगै विगतमा उब्जाउन हुने गरेका खेती विस्थापित बन्दै जाने र नयाँ नयाँ खेती शुरु हुने क्रम बढेको छ । पछिल्ला केही दशकको अन्तरालमा बाघमाराको पाखामा लटरम्म फल्ने सुन्तला अहिले पूर्णरुपमा विस्थापन भइसकेको छ ।

वि.सं.२०७७ माघ १४ बुधवार १५:४४ मा प्रकाशित

You can share this post!

नेपाल इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीकोे १०औँ वार्षिक साधारण सभा सम्पन्न

नेपाल इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीकोे १०औँ वार्षिक साधारण सभा सम्पन्न

वि.सं.२०८० चैत १६ शुक्रवार २१:०१

काठमाडौं । नेपाल इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एनआईसीसीआई)...

ब्रिटिस कलेजद्वारा पुनः अन्तर्राष्ट्रिय ‘स्टुडेन्ट एक्सचेन्ज’ कार्यक्रमको आयोजना

ब्रिटिस कलेजद्वारा पुनः अन्तर्राष्ट्रिय ‘स्टुडेन्ट एक्सचेन्ज’ कार्यक्रमको आयोजना

वि.सं.२०८० चैत १६ शुक्रवार २०:५३

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)ले यस पटक पनि अन्तर्राष्ट्रिय...

नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा नेपाल लाइफ क्यापिटलले गर्यो लगानी व्यवस्थापन कार्यक्रम

नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा नेपाल लाइफ क्यापिटलले गर्यो लगानी व्यवस्थापन कार्यक्रम

वि.सं.२०८० चैत १६ शुक्रवार २०:१५

काठमाडौं ।नेपाल लाइफ क्यापिटलले नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा १८ मार्च...

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४, सातै प्रदेशका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु सहभागी

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४, सातै प्रदेशका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु सहभागी

वि.सं.२०८० चैत १६ शुक्रवार २०:०७

काठमाडौं । एनआईसी एशिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका...

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५८

काठमाडौँ, १६ चैत : राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजनालाई...

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५१

काठमाडौँ, १६ चैत : अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२...