back
NMB ad

बागमती प्रदेश सरकारद्वारा २५ लाख बराबरको स्कूल बस सहयोग

Kumari bank ad

दोलखा । दोलखा जिल्लाकै सामुदायिक विद्यालयमध्ये नमूना सामुदायिक विद्यालय क्षत्रवती माध्यमिक विद्यालयका लागि बागमती प्रदेश सरकारले बस उपलब्ध गराएको छ ।

वैत्येश्वर गाउँपालिका वडा नं ८ क्षत्रपामा रहेको सो विद्यालयका लागि सामाजिक विकास मन्त्रालयले सामुदायिक विद्यालयमा स्कूल बस सञ्चालन गर्ने कार्यक्रमअन्तर्गत बस सहयोग गरेको हो ।

२५ लाख रकमले खरीद गरेको बस हिजो (बिहीवार) प्रदेशसभा सदस्यमा विशाल खड्काले विद्यालयलाई हस्तान्तरण गरेका छन् । बयालिसको सिट क्षमता रहेको बस बुधवार विद्यालयमा आइपुगेको हो ।

बस सञ्चालनमा आएपछि ग्रामीण क्षेत्रका विद्यार्थी दुई घण्टादेखि हिँडेर विद्यालय जानुपर्ने बाध्यता हटेको छ । बस सञ्चालनमा आएपछि गैरिशङ्कर गाउँपालिका वडा नं २ का गैरी, टुनिबोटे, शीतलबस्ती र बैत्येश्वर गाउँपालिका वडा नं ७ का मार्वु, छापटारलगायतका विद्यार्थीलाई विद्यालय आउत जावतका लागि सहज हुने प्रधानाध्यापक पदमबहादुर जिरेलले जानकारी दिए ।

विद्यालयलाई बस हस्तान्तरण गर्दै प्रदेशसभा सदस्य खड्काले नमूना सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि गराउने उद्देश्यले प्रदेश सरकारले स्कुल बस सञ्चालन गर्ने कार्यक्रमअनुसार बस सहयोग गरेको र विद्यालयले सही प्रयोग गरी विद्यार्थीलाई सुविधा दिनका लागि आग्रह गरे ।

विसं २०२३ मा प्राविका रुपमा स्थापना विद्यालयमा हाल ५३३ जना विद्यार्थी अध्ययन गर्नेछन् । बस सञ्चालनका लागि प्रधानाध्यापक जिरेलको संयोजकत्वमा तीन शिक्षक, सवारी चालक र सहचालक रहने गरी समिति गठन गरेको छ ।

बस सञ्चालनका लागि छोटो दूरीका विद्यार्थीले ४०० देखि लामो दूरीका विद्यार्थीले ९०० सम्म मासिक शुल्क तिर्नुपर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर श्रेष्ठले बताए ।

गाउँपालिकाको वडा नं ७ मार्वु छापदेखि गौरीशङ्कर गाउँपालिकाको वडा नं २ सम्म १४ किलोमिटर सडकमा बस सञ्चालन गर्न सकिने वडाध्यक्ष रमेशकुमार अधिकारीले जानकारी दिए ।

वि.सं.२०७७ माघ १६ शुक्रवार १५:०८ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...