काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको नाफा १२५ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले १५ करोड २ लाख रुपैयाँ खुदनाफा गरेको छ ।
अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले ६ करोड ६५ लाख रुपैयाँ मात्र खुदनाफा गरेको थियो । दोस्रो त्रैमाशसम्म आइपुग्दा आइएमईको खुद बिमा शुल्क आम्दानी पनि बढेको सोमबार सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ । कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक २७ रुपैयाँ ७८ पैसा र प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ ९४ पैसा छ ।
कम्पनीले गत वर्ष ३० करोड ६२ लाख ६६ हजार रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेकामा अहिले बढेर ३६ करोड ३९ लाख रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ । बिमा कोषको आकार ५३.१० प्रतिशत ले बढेर ४३ करोड ५३ लाख रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्ष बिमा कोषमा २८ करोड ४३ लाख थियो । कम्पनीको चुक्तापुँजी १ अर्ब ८ करोड १८ लाख रुपैयाँ छ । जगेडा कोषमा २८ करोड ८७ लाख ८९ हजार रुपैयाँ जम्मा भएको छ ।– प्रशिक्षार्थी पत्रकार
वि.सं.२०७७ माघ १९ सोमवार १२:०७ मा प्रकाशित